२० फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected]
लालवन्दी नगरपालिकामा स्थानीय तहमा कार्यरत कर्मचारीहरुले निजामती सेवा दिवस नमनाउने – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

लालवन्दी नगरपालिकामा स्थानीय तहमा कार्यरत कर्मचारीहरुले निजामती सेवा दिवस नमनाउने

सर्लाही,२१ भदौँ । हरेक वर्षझैँ भदौ २२ गते मनाउन लागिएको निजामती सेवा दिवस स्थानीय तहमा कार्यरत कर्मचारीहरुले नमनाउने निर्णय गरेका छन। निजामती सेवा दिवसको सम्बन्धमा देशका विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीहरुले निजामती सेवा दिवस नमनाउने निर्णय गरी विज्ञप्ति जारी गर्ने गरेको छ । देश संघीयतामा गएको वर्षौँ बित्दा पनि निजामती सेवा ऐन जारी नहुँदा जनताको सबैभन्दा नजिक रहेर काम गर्ने स्थानीय तहमा कार्यरत कर्मचारी मर्कामा परेको तथा प्रशासनिक संघीयता नै धराशायी बनेको उनीहरुको ठहर छ। सरकारले संघ, प्रदेश र स्थानीय तहमा काम गर्ने कर्मचारीलाई सरकारको तह अनुसारको व्यवाहार नगरेको भन्दै स्थानीय तहमा कार्यरत कर्मचारीहरुले विरोधस्वरुप निजामती सेवा दिवस नमनाउने लालबन्दी नगरपालिकाका सूचना अधिकारी रेवती प्रसाद पौडेलले जानकारी दिए । लालबन्दी नगरपालिकामा कार्यरत स्थानिय सेवाका कर्मचारीहरुको संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै निजामती सेवा दिवस नमनाउने निर्णय गरेको सूचना अधिकारी पौडेलले जानकारी दिए ।

। लालबन्दी नगरपालिकामा कार्यरत स्थानिय सेवाका कर्मचारीहरुको संयुक्त प्रेस विज्ञप्तीमा नेपली जनताको लामो त्याग र तपस्या पछि प्राप्त संघीय लोकतान्त्रिक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति,सुशासन,विकास र समृद्धिको चाहना पुरा गर्न महत्वपुर्ण भुमिकामा रहेको प्रशासनिक संरचनामा तिनै तहका कर्मचारीहरुको महत्वपुर्ण भुमिका रहदै आइरहेको लेखिएको छ ।

प्रेस विज्ञप्तीमा हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट तयार भई मन्त्रिपरिषदबाट संसदमा पेश हुने तयारीमा रहेको संघीय निजामति ऐनको मस्यौदामा स्थानीय तहमा कार्यरत कर्मचारीहरुको मानमर्दन हुनेगरी तेस्रो दर्जाको कर्मचारीको रुपमा हेरी विभेदपुर्ण तथा संघीय कार्यलयका उपल्लो तहका सिमित कर्मचारीहरुको स्वार्थ र हित केन्द्रित मस्यौदा तयार भएका वर्तमान परिस्थितिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट मिति २०८०÷०५÷२२ गते निजामति सेवा दिवस मनाउने भनि ७५३ वटै स्थानीय तहमा मिति २०८०÷०५÷०४ मा परिपत्र भएको सन्दर्भमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई निजामती कर्मचारीको परिभाषामा नसमेटिएको अवस्थामा लालवन्दी नगरपालिकामा कार्यरत स्थानीय सेवाका सम्पुर्ण कर्मचारीहरुले वहिस्कार गर्ने निर्णय गरेको उल्लेख छ ।

स्थानिय सेवाका कर्मचारीहरुको संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै नेपालको संविधानको धारा २४३ को मर्म बमोजिम संघीय निजामती सेवा ऐन नभई एकिकृत निजामती सेवा ऐन ल्याउनुपर्ने, योगदानमा आधारित निवृत्तीभरण सम्वन्धी व्यवस्था तीनै तहको एकिकृत निवृत्तीभरण कोषबाट हुनुपर्ने, प्राकृतिक न्यायको सिद्धान्त तथा संविधानको मर्म बमोजिम स्थानीय तहको प्रमुख प्रशासकिय अधिकृत स्थानीय सेवाको हुनुपर्ने, सेवा समुहको आधारमा सरकारी सेवाको प्रवेशद्धार स्थानीय सेवा हुने बढुवा तथा आन्तरिक÷अन्तर तह प्रतिस्पर्धाको आधारमा प्रदेश तथा संघीय सेवामा जाने प्रावधान राखिनु पर्ने, सरुवा प्रणाली अनुमानयोग्य तथा चक्रिय प्रणालीमा आधारमा हुनुपर्ने, स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको अन्तरप्रदेश सरुवाको व्यवस्था एकिकृत निजामती सेवा ऐनमा नै उल्लेख भएको हुनु पर्ने, हाल संचालनमा रहेको निजामति अस्पतालमा सबै तहका सरकारी कर्मचारीहरुलाई समेट्नुपर्ने तथा विभेद नभई समान हुनुपर्ने, स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको पुर्ण सुरक्षाको प्रत्याभुति हुनुपर्ने लगायतको माग गर्दै लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्मानन्द जोशी मार्फत संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा विज्ञप्ती पठाएको सूूचना अधिकृत पौडेलले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.