
सर्लाही,२१ भदौ । सर्लाहीको लालबन्दीमा आजबाट इभेन्ट सिनेमाज संञ्चालना आएको छ।
गोले कम्प्लेक्सको तेस्रो तला रहेको सिनेमाजको बिहिवार बिहान नेपाली कांग्रेसका नेता एवम् पूर्व राज्यमन्त्री शम्भु लाल श्रेष्ठ तथा मधेस प्रदेश सभासद बेची लुंगेलीले उद्घाटन गरेका हुन् ।त्यस अघि लामा गुरूहरूले वेदका मन्त्र उच्चारण गरेका थिए ।
करिब तीन दशक अघि पुरानो विणा चलचित्र मन्दिर भएकै ठाउँ लालबन्दी बजारको बिचमा भागमा गोले कम्प्लेक्सका सञ्चालक प्रेम गलेले सिनेमाज संञ्चाल ल्याएका हुन ।
परिवारका सदस्य, साथीभाइ एकै ठाउँमा बसेर चलचित्रको मजा लिन सकिने २२ जना अट्ने दुईवटा क्याबिन समेत रहेको सिनेमाजमा एसीसहित १९० वटा आरामदायी सिट रहेका छन् ।
क्याबिनमा बसेर सिनेमा हेर्न प्रति व्यक्ति ३ सय र तल बसेर हेर्न प्रति व्यक्ति २ सय टिकट दर निर्धारण गरिएको सिनेमाजका सञ्चालक प्रेम गोलेले (चियोचर्चाे) खबरलाई जानकारी दिए ।
सिनेमाको अतिरिक्त सभा सेमिनारसमेत गर्न मिल्ने गरि हलको डिजाइन गरिएको छ । सञ्चालकले उद्घाटनको पहिलो सो हिन्दी चलचित्र गरद (द्द) उद्घाटन कार्यक्रमका सहभागीलाई निःशुल्क प्रदर्शन गरेको थियो ।
लालबन्दीमा यो सँगै २ वटा सिनेमा हल भएका छन् । विणा चलचित्र मन्दिर करिव ४ दशक देखि सञ्चालनमा रहेको छ ।