१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
“ठूलो सपना देखेको छैन !” जनताको सेवालाई धर्म सम्झेर काम गर्छु !” – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारसमाजस्थानीय

“ठूलो सपना देखेको छैन !” जनताको सेवालाई धर्म सम्झेर काम गर्छु !”

भक्ती रिजाल- सर्लाही
सर्लाही,२२ भदौ। उनी समयमा कार्यालय छिर्छन, कर्मचारीको हाल खबर सोध्छन् अनि टेवलमा भएका सिफारिस पल्टाउछ्न र मुसुक्क हास्दै सेवाग्राहीका गुनासो टिपोट गर्छन ।

जनताले सोधेका जिज्ञासा् को सरल र सटिक उतर दिन्छ्न । “समय भन्दा ठूलो केही छैन, समयको पालना गर्नु पर्छ भन्ने कुरामा दृढ़ रहेको उनी बताउछ्न !”

उनी हुन हरिवन नगरपालिका वडा नम्बर सातका वडा अध्यक्ष निरध्वज कार्की नेकपा एमालेको तर्फबाट अध्यक्ष बनेका कार्की जनप्रतिनिधि बिचमा पनि लोकप्रिय छ्न ।

कार्कीको उमेर धेरै भएको छैन, छरितो शरीर अनि फूर्तिलो हाउ भाउ उनको पहिचान हो । “नम्रता अनि ब्यबहारिक तर्कले उनलाई जनताको प्रिय बनाएको छ !”
गत स्थानीय निर्बाचनमा कार्कीले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार अशोक थापालाई एक मतको झिनो अन्तरले पराजित गरे पछी उनको चर्चा झनै चुलिएको छ ।

त्यो अर्थमा पनि कार्की “भाग्यमानी वडा अध्यक्ष हुन भन्दा फरक पर्दैन !” तर, कार्कीको आफ्नो धारणा अलि फरक छ, उनी – भन्छ्न हार जितलाइ प्रतिस्ठाको बिषय बनाइनु हँदैन, बरु हातेमालो गर्नु पर्छ । “जनताको सेवालाइ” मुल मन्त्र बनाउने हो भने समाज र राजनीति भित्रको असजिलो पन आफैं हटेर जन्छ ।

आफू आर्थिक रुपमा पनि लाभको पदमा बस्नु पर्ने अबस्थामा नरहेको र नाफा घाटाको राजनीतिले कसैलाई पनि राम्रो नगर्ने कार्कीको तर्क छ ।

एउटाले मात्रै गरेर हुदैन, सबैले “नीतिगत भ्रष्टाचारलाई निर्मुल पार्ने रणनीति बनाउने हो भने मुलुक समृद्ध हुन समय नलाग्ने कार्कीको तर्क छ !”

कार्यालय समयमा कर्तव्यबोध गरेर जनताको कामलाइ कार्यालय हाता भित्रै बाट गर्ने आफ्नो उद्देश्य रहेको र जनताले सिफारिसका लागि वडा अध्यक्ष लगायत कर्मचारीलाई चिया पसलमा खोज्नु पर्ने चलनको अन्त्य गर्न आफू लागि परेको कार्कीको भनाइ छ ।

“सरकारी सम्पत्तिको दुरुपयोग नगर्ने र फजुल खर्च कटौती गर्ने कार्यलाई आफ्नै वडा बाट थालनी गर्न थालेको कार्कीले सुनाए !”

“अझै पनि जनताका जनजीबिका संग जोडिएको मुद्दाहरू प्रसश्तै छ्न , ति मुद्दामा हामीले हातेमालो गरौं भनी सबै जनप्रतिनिधि लाई आग्रह गर्द्छु !” कार्कीले सुनाए ।

“असल जनप्रतिनिधि बिचमा उभिएका उनै कार्कीलाई हाम्रो पनि असल कामको लागि शुभकामना !”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.