१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
बालबालिकाहरुले नमुना संसदीय अभ्यास गरे – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

बालबालिकाहरुले नमुना संसदीय अभ्यास गरे

सर्लाही भाद्र २४ ।सर्लाहीमा बालबालिकाहरुले संसदीय अभ्यास गरेका छन । हरिपुर्वा नगरपालिका तथा पर्सा गाउँपालिकाको  बाल क्लब सदस्य र रुपान्तरण समूहका किशोरकिशोरीहरुका लागि ३ दिवसीय नमूना बाल संसदीय अभ्यास तालिम सम्पन्न भएको हो ।

 

तालिममा बाल बालिकाको हुनु, किशोरकिशोरी को हुन् र बाल अधिकार महासंन्धी, र नेपालको संविधान र कानूनमा उल्लेख भएका अधिकारहरुका बारेमा जानकारी पाउनुका साथै बाल अधिकार महासन्धीका ४ सिद्धान्तहरु भेदभावरहित, विचार र भावनाको कदर, सर्वोत्तमहीत, दीर्घजीवन र विकास र बालअधिकारका ४ बाकसहरु बाँच्न  पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागीताको अधिकारको बारेमा विशेष जोड दिएको थियो । संसदीय अभ्यासको क्रममा सत्ता पक्ष र प्रतिपक्षमा गोला प्रथाबाट सहभागीहरुलाई विभाजन गरी जेष्ठ सदस्यको अध्यक्षतामा बैठकको आव्हान गरी नमूना बाल संसदीय अभ्यासको शुरुवात गरिएको थियो । जसमा कानुन संवत् बाल सांसद तथा संसदका पदाधिकारीहरुले नमूना बाल राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिएका थिए ।

निर्वाचन प्रक्रियाबाट संसदमा रहने पदाधिकारीहरु (प्रधानमन्त्री, प्रतिपक्ष दलका नेता, सभामुख, सचेतक)  चयन गरिएको थियो । शून्य समय र विशेष समयमा नमूना बाल प्रतिनिधी सभाका सदस्यहरुले बाल श्रम, बाल बिवाह, बालहिंसा, लागु औषध लगाएतका विषयहरुमा नमूना बाल सरकारको ध्यानाकर्षण गराएका थिए । शून्य समय र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ नमूना बाल सम्मानीय प्रधानमन्त्री उज्वल साह ज्यूले दिनु भएको थियो । साथै मन्त्री र प्रधानमन्त्रीसँगको प्रश्नउत्तरको क्रममा  समाजमा रहेका विभिन्न समयसामायीक समस्याहरुको बारेमा प्रश्न उठान गरेका थिए र सोको जवाफ संम्बन्धि बाल सरकारको नमू्ना बाल मन्त्री ज्यूहरुले दिनु भएको थियो ।

 

अध्यासकै क्रममा नमूना बाल सरकारले आर्थिक वर्ष २०८०÷०८१ का वार्षिक नीति तथा कार्यक्रमहरु र बजेट वक्तव्य प्रस्तुत गरी सो माथि छलफल गर्दै सम्मानीय सभामुख मार्फत निर्णायर्थ प्रस्तुत (हुन्छ हुन्न) गरी बहुमतले पारित गरिएको थियो ।

यस तालिमको सहजिकरण रक्की प्रसाद साहले गर्नु भएको थियो । सहजिकरणको क्रममा सहजकर्ता साहले सांसदमा पालना गर्नु पर्ने नियमहरु, पदाधिकारीको काम, कर्तव्यहरु, नमूना संसदीय अभ्यासका अवधारणा, नेतृत्व विकास, सदनमा प्रश्न उठान गर्ने तथा जवाफ दिने शैली जस्ता विषयहरुमा विशेष जोड दिनु भएको थियो ।

वल्र्डभिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा बागमती सेवा समाज नेपालद्वारा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरशिप परियोजना अन्तर्गत उक्त तीन दिवसीय तालिम आयोजना गरिएको थियो ।

 

बाल संजालका सचिव उज्ज्वल कुमार साहले पहिला आफुहरुलाई बोल्न डर लाग्थ्यो तर हाल बिना हिचकाहट बोल्न सक्ने भएको बताए । आफु ३ दिनको लागि नक्कली बाल प्रधानमन्त्री बने, दुखी, गरिव पिडामा भएको व्यक्ति देख्दा मन पोल्छ, आफु साच्चिकै मन्त्री भए देशमा नयाँ अभ्यास सुरु हुने बताए । सांसद भवनमा २५ जे पनि बोल्न पाइन्न, आफुले संसदीय अभ्यास, सभामुखको भुमिका, सांसदहरूले कसरी बोल्ने विषयमा तिन दिनमा सिकेको बताए ।

 

 हरिपुर्वा वडा नं ८ का वडा अध्यक्ष रमेश राय यादवले आफु ख्याल ख्यालमै वडा अध्यक्ष बनेको बताए ।किनभने वडा अध्यक्ष जितनु भन्दा वडाको केही पनि बुझेको थिएन । नमुना संसदीय अभ्यासले उपस्थिति बालबालिकाहरुमा ठुलो क्षमताको विकास भएको बताए ।

बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले नमुना बाल संसदीय  अभ्यास तालिममा उपस्थित बालबालिकाहरुको लागि उपयोगी भएको बताए ।उहाले तालिम लिएका बालबालिकाले जनप्रतिनिधि लाई विभिन्न कार्य गर्न सचेत गराउने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.