२० फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected]
हरिवन नगरपालिका वडा नम्बर आठमा रहेको स्कुल टोल बिकास सस्था नगरकै नमुना बन्ने दौडमा !” – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हरिवन नगरपालिका वडा नम्बर आठमा रहेको स्कुल टोल बिकास सस्था नगरकै नमुना बन्ने दौडमा !”

भक्ती रिजाल
सर्लाही । “आफ्नो गाउँ आफैं बनाउ !” भन्ने नारालाइ आत्मसात गर्दै एक हुल युवाहरु हातमा विभिन्न जातका बिरुवा बोकेर बाटोको दायाँ बायाँ देखिन्छ्न, कोहीले खाल्डो खन्छ्न, कोहीले मल खन्याएर मिलाउछ्न अनि एकथरी युवा बिरुवामा पानी खन्याउन ब्यस्त देखिन्छन् ।

हरिवन नगरपालिका वडा नम्बर आठमा रहेको स्कुल टोल बिकास सस्थामा आबद्ध युबाहरुको दिनचर्या यस्तै यस्तै हुने गरेको छ ।

स्कुल टोल बिकास सस्थाले काम बिभाजन गर्छ अनि हामी सबै काममा लाग्छौं, सस्थाका अध्यक्ष धनपती सुबेदीले भने !” काममा एक रुपता छ, बिकास बारे सामुहिक छ्लफल हुने गर्छ ।

सबैले जिम्मेवारी बोध गरेर कामलाई पूरा गर्छन उनले भने ।

हरिवन बजारको कृष्ण मन्दिर चोक भन्दा उत्तर महादेब नमुना उच्च माबी छेउमा रहेको नारायण स्थान आफैमा पबित्र धार्मिक स्थल पनि हो ।

“सुतेका नारायणको सुन्दर मूर्तिलाई स्कुल टोल बिकास सस्थाद्वारा रंग रोगन गरेर चिटिक्क सिंगारिएको छ ।
संगै आकर्षक दुई तले प्रतिक्षालयमा पुग्दा आनन्द प्राप्त हुन्छ ।
दायाँ – बायाँ रोपिएका बिरुवाको लहरले अर्को सुन्दरता थपेको छ ।

सस्थाका सदस्य निरज खड्काका अनुसार, “दुई हजार छ्पन्न सालमा स्थापना भएको सस्थाको एतिहासिक पक्ष आफैमा सुन्दर छ !” स्कुल टोल बिकास सस्था मार्फत हामी समग्र वडा हुँदै नगरपालिका स्तरमै उल्लेखनीय कार्य गर्ने योजनामा छौ ।
त्यसको गृहकार्यमा युवाहरूलाई सहभागी गराउने र कामलाई निर्णायक बिन्दुमा पुर्याउने हाम्रो अठोट रहेको छ ।

सस्थाका अर्का सदस्य अन्जन लुइटेल भन्छन् ” मसिनो ढंग बाट काममा लागेका छौं, समाजको हित हुने कुरामा हामी सबै हातेमालो गर्छौ । स्कुल टोल बिकास सस्थाले टोलकै हितमा काम गर्ने छ !”

हरिवन नगरपालिका वडा नम्बर आठका वडा अध्यक्ष प्रज्वल ढुंगानाका अनुसार, समग्र हरिवन वडा नम्बर आठको हितमा हुने काममा मेरो सहयोग र समर्थन रहने छ ।

“युवाहरूको जोस र जाँगरलाइ म सम्मान गर्छु। समाजमा दीर्घकालीन प्रभाब पर्ने गरी काम गर्ने योजना छ । सोही अनुसारको नीतिनिर्माण गरि काममा लाग्ने छौं !”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.