१२ आश्विन २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
विद्यार्थी मोर्चाका अध्यक्ष साहले भने, ‘संविधान दिवसको औचित्य छैन्’ – Nigrani Today
ताजा खबरराजनीतिसमाचार

विद्यार्थी मोर्चाका अध्यक्ष साहले भने, ‘संविधान दिवसको औचित्य छैन्’

काठमाडौं । सरकारले संविधान दिसव भव्यरुपमा मनाउँने तयारी गर्दै गर्दा आम जनता पार्टी (आजपा) निकटको आम विद्यार्थी मोर्चाले संविधान दिवसकै दिन संविधानको अन्त्येष्टि यात्रा निकाले घोषणा गरेको छ ।

आम विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले असोज ३ गते संविधान दिवसकै दिन अन्त्येष्टि यात्रा निकाले घोषणा गरेका छन् । आज एक विज्ञप्ती जारी गर्दै अध्यक्ष साहले असोज १ गते संविधान बारे सार्वजनिक अपिल गर्ने, २ गते संविधानसभा सदस्यहरुलाई तक्मा फिर्ता गर्न अनुरोध गर्ने, ३ गते देशका प्रमुख शहरहरुमा संविधानको अन्त्येष्टि यात्रा निकाल्ने र ४ गते संविधानको अवसानमा शोक मनाउँने कार्यक्रम घोषणा गरेका छन् ।

‘भगौडा दलाल बर्गको नेतृत्वमा रहेको गण्डा व्यवस्थाको भण्डाफोर गर्दै यो खिचडी संविधानको विकल्प दिन संविधान दिवसलाई जनस्तरबाटै अस्वीकार गर्न जरुरी छ । यसर्थ हाम्रो विद्यार्थी मोर्चाले असोज ३ गते वर्तमान संविधानको विरोधमा अन्त्येष्टि यात्रा निकाल्ने निर्णय गरेको छ’ विद्यार्थी मोर्चाका अध्यक्ष साहले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

देशमा बढ़दो संकटलाई रोक्न नयाँ संविधानको आवश्यक्ता रहेको जिकिर उनको छ । सरकारले घोषणा गरेको संविधान दिवसको औचित्य कहि कतैबाट पुष्टी नहुने बताउँदै उनले देश बचाउन वर्तमान संविधानको रक्षा हैन, यसको अन्त्येष्टि गर्नुपर्ने र देशलाई निकास दिने नयाँ संविधान निर्माण गर्नुपर्ने जनाएका छन् ।

‘आउँनुस देश बचाउँन वर्तमान संविधान र व्यवस्थाको समाप्तिको घोषणा गरौं, नयाँ संविधान र व्यवस्थाको लागि बाटो फराकिलो गरौं । नेपाली इतिहासले भन्छ, नेपालीले चाहेको जे पनि गर्न सक्छ । नेपाली जनताको भविष्य बनाउँन हामी सक्षम छौं । यो ऐतिहासिक कार्यभार पुरा गर्न आम समुदायलाई एकताबद्ध भई संघर्षमा सहभागि हुन हार्दिक अपिल गर्दछु । हाम्रो विश्वास छ, सत्यको जित हुनेछ’ साहले विज्ञप्तीमा उल्लेख गरेका छन्् ।

नेपालको संविधान २०७२ घोषणा सँगै जनताले सशस्त्र द्वन्द्वको समाप्ति, सङ्क्रमण कालको अन्त्य र देशमा स्थिरता एवं तीव्र बिकासको अपेक्षा गरेका थिए । तर बिडम्बना देश प्रगतिको सट्टा अधोगती तिर धकेलिएको जनाउँदै उनले अहिले देश एकदमै संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको र देशको अर्थतन्त्र धरासाही हुदै गईरहेको जनाएका छन् ।

‘व्यापार व्यवसाय चौपट छ, बेरोजगारी चरम सीमामा छ, दिनदिनै हजारौं युवाहरू देश छोड़ेर विदेश गइरहेका छन्, शिक्षा र स्वास्थ्यको स्तर झन झन खस्किँदै गइरहेको छ, देश बढ्दो अस्थिरता, राजनीतिक द्वन्द्व र दलीय भागबन्डाको कारण अस्तब्यस्त छ, वैदेशिक हस्तक्षेप पनि दिनदिन बढ्दै गएको छ, सरकार भ्रस्टाचारमा लिप्त छ, घुस र कमिसन बिना कुनै पनि काम सम्भव छैन, संघीय लोकतान्त्रिक गणतन्त्र हात्तीको देखाउने दाँतमा सिमित भएको छ, लोकतन्त्रको ठाउँमा दलतन्त्र छ, संघियत अधिकार र पहिचान बिहिन उही साशक जातिकै पक्षमा छ, समानुपातिक अधिकार पनि शासक जातिकै लागी भएको छ, गणतन्त्र पनि जनताको हैन दलीय राजाहरूकै छ, भगौडा वर्गले देशको नेतृत्व गरिरहेको छ’ विद्यार्थी मोर्चाका अध्यक्ष साहले भनेका छन्

देश एकपछि अर्को असफलता तर्फÞ अग्रसर रहेको यसको एउटै कारण नै नेपालको वर्तमान संविधान रहेको जनाउँदै उनले गलत संविधानकै कारण देश असफलता तर्फÞ अग्रसर भईरहेको सन्दर्भमा संविधान दिवसको औचित्य छ की छैन भने बिषय विचारानीय रहेको जनाएका छन् । नेपाल सरकारले संविधान दिवसलाई उत्सवको रूपमा मनाउन भनेको छ जबकी देशको संकटग्रस्त अवस्थाले यसको विकल्प देउ भनिरहेको जनाउँदै यस संविधानको विकल्प नेपाली जनताले खोजेको उनले जनाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.