१२ आश्विन २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
मेची महाकाली बुहारी संयुक्त आवाजले मनायो तीज विशेष कार्यक्रम – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

मेची महाकाली बुहारी संयुक्त आवाजले मनायो तीज विशेष कार्यक्रम

सर्लाही,भदौ-३०। सर्लाही  लालबन्दीमा मेची महाकाली बुहारी संयुक्त आवाजकाे आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ।

संस्थाकी संयोजक सानुमाया माख्रिनकाे सभापतित्व तथा ईश्वरपुर नगरपालिका का मेयर मनाेज कुमार आचार्यकाे प्रमुख आतिथ्यतामा कार्यक्रम  सम्पन्न भएको हाे ।

कार्यक्रममा संस्थाले आर्थिकरूपमा विपन्न नगरका ५ जना महिलाहरूलाई दर खाने सामग्री वितरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि मनाेज आचार्यले आर्थिकरूपमा अति विपन्न सावित्री विक ,अप्सरा विक, धनमाया परियार, सुकुमाया सार्की र रविना परियारलाई घ्यू, चामल, चिनी ,दाल बिस्कुट र जुस रहेको दर खाने सामग्री वितरण गरेका संस्थाकी काेषाध्यक्ष निलम मैनालीले जानकारी दिइन् ।

कार्यक्रममा प्रमुख अतिथि आचार्यले जिल्लाकाे दक्षिणी क्षेत्रमा विकराल बन्दै गएको छाेरीकाे पहिचान गरि गर्भपतन गराउने समस्याको समाधानको लागि मेची महाकाली बुहारी संयुक्त आवाजले काम गर्नुपर्ने बताए ।उनलेे यसमा आफ्नो साथ सहयोग रहने बताए ।

उनलेे तीजमा गरिने क्रियाकलापले संस्कृतिकाे सम्बर्द्धन र महिला स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले यसलाई सकारात्मक रूपमा लिनुपर्ने तर्क गरे ।

लालबन्दी नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जाेशीले धर्म संस्कृति माथि क्रिस्चियनहरूबाट प्रहार भईरदा संस्कृति र परम्परालाई जाेगाउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले अरूको धर्म अंगाल्नु नहुने तर्क गरे ।

बाल संरक्षण संस्थाकी अध्यक्ष राधा घिमिरेले पूर्व काल देखि चल्दै आएकाे धर्म संस्कृतिकाे जगेर्ना गर्दै,अघि बढ्नुपर्ने बताइन् ।

महिला नेतृ राधा भण्डारीले हाम्रा सांस्कृतिक चाडपर्व धेरै भएकाले चाडपर्व  मनाउन परिवारका अभिभावकहरूलाई धाैधाै पर्ने भएकाले आर्थिक मन्दीलाईसमेत  मध्यनजर गर्दै पर्व चाडपर्व  आग्रह गरिन्।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै मेची महाकाली बुहारी संयुक्त आवाजकी  बागमती नगरपालिका उपशाखा संयोजक शर्मिला बानियाँले व्रत बसेर पतिको लामो आयुकाे कामना गर्ने भन्दा पनि पतिलाई मानसिक र शारीरिक रूपमा स्वस्थ बनाउन ध्यान दिनुपर्ने  पर्ने बताइन्  ।

कार्यक्रममा संस्थाकी संयाेजक सानुकुमारी पाख्रिनले ५६ वटा जिल्लामा गठन भएको संस्थाले घर परिवारमा सुख शान्ति र संबद्धि ल्याउ काम गरिरहेकाे बताइन्  ।

कार्यक्रमकाे सञ्चालन  संस्थाकी उपाध्यक्ष  रञ्जना घिसिङले गरेकी थिइन् ।कार्यक्रममा विभिन्न संघ संस्थाकाे नेतृत्व गर्ने अगुवा महिला तथा पुरूषकाे सहभागीता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.