
सर्लाही,५ असोज। सर्लाहीको बलरा नगरपालिकामा सयौंको संख्यामा विभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेको छ ।
जनमत पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य श्रीचन यादवको प्रमुख आतिथयतामा शुक्रवार बलरा नगरपालिका वडा नम्बर १ मा आयोजित एक कार्यक्रमका विच लोसपा,माओवादी केन्द्र,एमाले ,जसपा पार्टी परित्याग गरी सयौको संख्यामा जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टी सर्लाहीले जनाएको छ ।
अन्य पार्टी परित्याग गरी जनमत पार्टी प्रवेश गर्नेहरुमा गुडु पटेल , जयमङल राय ,दिनेश राय,राज किशोर सिंह लगायत २ सय ८ जना रहेको जनमत पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य यादवले दावी गरे ।
सुमोध यादबको नेतृत्वमा बलरा वडा नं ४ बाट नेकपा माओवादी केन्द्र परित्याग गरी २० जना, दिनेश यादवको नेतृत्वमा लोसपा परित्याग गरी १५ जना तथा अन्य विभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टी सर्लाहीले जनाएको छ ।
कार्यक्रममा जनमत पार्टीका नेताहरू संजय कुमार सिंह, हरिनन्दन यादव, आरती साह, डां नन्द किशोर महतो कोइरी लगायत अन्य विभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।