२० फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected]
प्रतिबन्धित गाजाँ सहित एकजना पक्राउ  – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

प्रतिबन्धित गाजाँ सहित एकजना पक्राउ 

सर्लाही,७ असोज । सर्लाहीको बलरा नगरपालिकामा प्रतिबन्धित लागु अौषध गाजाँ सहित एक जना पक्राउ परेको छ ।

भारतीय नम्बर प्लेट बिआर ३० एच ६७४५ नम्बरको पल्सर मोटरसाइकलमा सिटको कभरभित्र ३ किलो १ सय ८२ ग्राम गाँजा लुकाएर भारततर्फ लागिरहेको अवस्थामा सर्लाही प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गोडैता नगरपालिका वडा  नं. ११ सिसौटिया बस्ने १७ वर्षीय राजेश कुमार पटेल रहेका छन ।

आज सशस्त्र प्रहरी  बल नेपाल बि.ओ.पि. छतौनाबाट सहायक प्रहरी निरीक्षक लाल बहादुर रोकाको कमाण्डमा खटि गएको ५ जनाको टोलीले  बलरा नगरपालिका वडा नं. ३ लक्ष्मीपुर स्थित बोर्डर ईलाकामा चेक प्वाईन्टमा नेपालबाट भारततर्फ जादै गरेको पटेललाई गाजाँ सहित नियन्त्रणमा लिएको छ ।

 पक्राउ परेको पटेल सहित,गाँजा, मोटरसाईकल लाई आवश्यक कारवाहीको लागि  ईलाका प्रहरी कार्यालय गडहिया डुमरियामा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.