१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
धार्मिक सहिष्णुता एवं सामाजिक सदभाव विगार्नेलाई कारवाही गर्न आजपा उपाध्यक्ष साहको माग – Nigrani Today
ताजा खबरराजनीतिसमाचार

धार्मिक सहिष्णुता एवं सामाजिक सदभाव विगार्नेलाई कारवाही गर्न आजपा उपाध्यक्ष साहको माग

काठमाडौं ।आम जनता पार्टी (आजपा) का उपाध्यक्ष रिता साहले धार्मिक सहिष्णुता एवं सामाजिक सदभाव विगार्नेलाई कारवाही गर्न नेपाल सरकारसंग माग गरेकी छन् ।

सर्लाही जिल्लाको मलंगवा, ब्रह्मपुरी लगायत आसपासका क्षेत्रमा बढदो धार्मिक अतिवाद, हुलदंगा एवं हिंसाको घटनाहरुप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै उपाध्यक्ष साहले यस्ता अपराधिक क्रियाकलापमा संलग्नलाई यथासिघ्र कारवाही गर्नुपर्ने माग गरेकी छन् ।

आज (सोमबार) एक बिज्ञप्ती जारी गर्दै आजपा उपाध्यक्ष साहले धार्मिक सहिष्णुता एवं सामाजिक सदभाव विगार्ने काम पटक पटक भईरहेकाले यस्ता कार्यमा संलग्न जुनसुकै धर्म, समुदाय वा ओहदाकै व्यक्ति भए पनि कानूनी कारवाहीको दायरामा ल्याउँनुपर्ने माग गृह मन्त्रालयसंग माग गरेकी छन् ।

बर्षैदेखीको आपसी सदभाव, सहिष्णुता, एकता एवं उत्साह कायम राख्न सम्बद्ध सबै पक्षसंग उनले आग्रह गरेकी छन् । पछिल्लो समय सर्लाहीमा जातीय हुलदंगा बढेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा लगाउँदै आएको छ । पछिल्लो समय सर्लाहीको जनजिवन प्रभावित भएको छ । सर्वसधारणलाई सास्ती भईरहेको छ ।

‘पछिल्लो समय हाम्रो सर्लाही जिल्लाको सदरमुकाम मलंगवा लगायत आसपासका क्षेत्रमा बढ्दो धार्मिक अतिवाद, हुलदंगा एवम् हिंसाको घटनाहरुप्रति गम्भीर ध्यानाकर्षण भएको छ’ आजपा उपाध्यक्ष साहले भनेकी छन्, ‘धार्मिक सहिष्णुता एवम् सामाजिक सद्भावमा खलल पुग्ने गरी पटक पटक हुने यस किसिमको अवाञ्छित हर्कतहरुमा संलग्न अपराधीहरु जुनसुकै जात, धर्म या ओहदाकै किन नहोस यथाशीघ्र कानुन बमोजिम निर्मम ढंगले कारवाही प्रक्रिया अगाडि बढाउन तथा विधिको शासन र शान्ति सुव्यवस्था कायम गर्न गराउन स्थानीय गृह प्रशासन तथा नेपाल सरकारसंग जोडदार माग गर्दै वर्षौदेखीको आपसी सद्भाव, सहिष्णुता, एकता एवम् उत्साह कायम राख्न सम्बद्ध सबै पक्ष सहित तपाई सम्पूर्ण आदरणीय न्यायप्रेमी जनसमुदायमा हार्दिक अनुरोध एवं अपिल गर्दछु ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.