
भक्ती रिजाल
सर्लाही । इस्लाम धर्मका प्रबर्तक हजरत मोहम्मदको १४९८ औं जन्म जयन्तीको उपलक्ष्यमा आज हरिवनमा सद्भाव जूलूस निकालिएको छ ।
हरिवन नगरपालिका वडा नम्बर ११ लगायतका स्थानमा छरिएर रहेका मुस्लिम समुदाय्को बाक्लो उपस्थिति रहेको सद्भाव जुलुसमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, व्यापारी तथा बुद्धिजी लगायतको उपस्थिति रहेको थियो ।
इस्लाम धर्मका प्रबर्तक हजरत मोहम्मद पैगम्बरको १४९८ औं जन्मजयन्ती `मोहम्मद डे´ को उपलक्षमा भएको जुलुसले सामाजिक सद्भाव र भाइचारालाइ मज्बुत बनाएको नेकपा माओबादी (केन्द्र) का नेता अचुतम प्रसाद काफ्लेले जानकारी दिए ।
यसै बिच हिजो पनि हरिवन नगरपालिका वडा नम्बर ११ ले आयोजना गरेको सामाजिक सद्भाव विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलका नेतालेहरुले शान्ति र सद्भावका बारेमा आआफ्नो धारणा राखेका थिए ।