१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
नन्देश्वर महिला बचत तथा ॠण सहकारीको ३४ लाख भन्दा बढी खुद मुनाफा   – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

नन्देश्वर महिला बचत तथा ॠण सहकारीको ३४ लाख भन्दा बढी खुद मुनाफा  

प्रेमनाथ पौडेल

सर्लाही,११ असोज। सर्लाहीको लालबन्दी  वडा नं १ नवलपुरमा रहेको नन्देश्वर महिला बचत तथा ऋण सहकारी संस्था को २१ औ बार्षिक साधरण सभा  सम्पन्न भएको छ।

संस्थाकी अध्यक्ष ओमकुमारी गौतमको अध्यक्षता एवम जिल्ला बचत तथा ॠण सहकारी संघका सर्लाही अध्यक्ष मन्दिरा चालिसेको प्रमुख आतिथ्यतमा संस्थाको साधारणसभा  नन्देश्वर माहदेब मन्दिर परिसरमा सम्पन्न भएको हो ।

साधारणसभाको अवसरमा संस्थाकी अध्यक्ष गौतमले कार्यपत्र प्रस्तुत गर्नुको साथै सचिव सुनिता बुढाथोकीले आर्थिक बर्ष २०७९/८० मा संस्थाले १० करोड ९६ लाख १४ हजार ६ सय ९९ रुपैयाको कारोबार  गरि ३४ लाख ३८ हजार ४ सय ४५ रुपैया  खुद मुनाफा गरेको जानकारी दिनु भयो ।

सभाको अवसरमा संस्थामा आबद्ध रही कारोबार गर्ने असल ॠणी, उत्कृष्ट बचतकर्तालाई समय सुचक घडी र एसईईमा शेयर सदस्य का सन्तति मध्ये उत्कृष्ट अंक ल्याई उतिर्ण हुने सेयर  दुई जना लाई नगद सहित  दोसल्ला र अबिरको  टिको लगाई सम्मान गरिएको संस्थाकी व्यवस्थापक कबिता कार्कीले जानकारी दिनु भयो ।

सहकारीले सेयरसदस्य  उत्थानको लागि बचत तथा ॠणको मात्रै कारोबार नगरी उनी हरुको क्षमता नेतृत्व विकास  गर्दै उत्पादन सिल  क्षेत्रमा लगाउदै आय आर्जन जिविकोपार्जनमा सुधार ल्याउन र संस्था बाट ॠण लिएका सदस्यले समयमै ॠण किस्ता बुझाई सस्था लाई अब्बल र दिगो रुप  लैजान सक्नु पर्नेमा बक्ताहरुले जोड दिएका थिए ।

सभामा लालबन्दी नगरपालिकाका सहकारी समिति संयोजक गोपाल थापा, वडा नम्बर १ का वडा अध्यक्ष हरिहर भट्टराई, ग्रामिण बचत तथा ॠण सहकारीका श्यामबाबु कार्की, राष्ट्रिय सहकारी विकास  बैक हरिवन शाखाका प्रमुख नारायण लामिछाने  लगायतले सहकारीको मुल्यमान्यता लगायतको बारेमा आ आफ्नो धारणा राख्नु भएको संस्थाकी कोषाध्यक्ष बिना थिङ्गले बताउनु भयो ।

२०५९सालमा २६ सदस्यको दुई हजार ६ सय रुपैया बाट संस्था दर्ता गरि आर्थिक कारोबार सुरु गरेको संस्थामा हाल १० करोड ९६ लाख १४ हजार ६ सय ९९ रुपैया कारोबार गरेको संस्थामा २ हजार १ सय ६५ सेयर  सदस्य रहेको संस्थाले जनाएको छ ।

यसै बिच संस्थाले साधरण सभाको अवसर पारेर रक्त संचार केन्द्र धनुषा जनकपुरको प्राविधिक  सहयोगमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ ।

संस्थाले पहिलो पटक गरेको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेकामा २७ महिला ५ जना पुरुष रहेको संस्थाकी उपाध्यक्ष तारा देबि थपलियाले जानकारि दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.