१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
“किन गाउँ छोड्छ्न मानिसहरू ? “उझाड हुँदै छ, ग्रामीण सस्कृती !” – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

“किन गाउँ छोड्छ्न मानिसहरू ? “उझाड हुँदै छ, ग्रामीण सस्कृती !”

भक्ती रिजाल
सर्लाही ।हरिवन नगरपालिकाका विभिन्न वडाहरुमा घर रित्ता हुने क्रम बढे संगै चिन्ता पनि बढेको छ । वडा नम्बर ९ र १० आस पासमा मात्रै २५ वटा भन्दा धेरै घरहरु रित्ता छ्न । अरु धेरै वडा र गाउमा पनि घर मानव बिहिन हुने क्रम जारी छ । कतिपय घर धनी रुगालोलाइ घर जिम्मा लगाएर अन्यत्र बसाइँ सरेका छ्न् , भने कतिपयका घरहरु खण्डहर बनेका छ्न् । घरको आगन र वरिपरि झारले ढाकेको छ ।

घर आँगनको अवस्था हेर्दा दिउसै स्याल लुक्ने जंगल जस्तो अनुभुति हुन्छ । यो प्रतिनिधि समस्या मात्रै हो । बसाइँ सराइ हरिवन नगरपालिका भित्रका थुप्रै गाउँ र टोलको साझा समस्या र चिन्ताको बिषय बनेको छ ।

मानिसहरु छँदा खाँदाको घर र खेतबारी रुगालोको जिम्मा लगाएर काहाँ जान्छ्न ? किन जान्छ्न,यस्को उत्तर न राज्य संग छ, न स्थानीय निकाय संग छ ।

गाउँ घरमा डुल्दा धेरै घरमा चाबी लगाएको भेटिन्छ । घाँसका लहराहरु घरका बार्द्ली सम्म पुगेका भेटिन्छन् । फुंग उडेका भित्तामा रंग देखिंदैन । उराठ लाग्दा छ्न वरिपरिका खेतहरु । पूर्वीय परम्परा मासिएका छ्न । सस्कृती मुर्झाएको प्रतीत हुन्छ ।

अहिले पाहाड बाट सुख खोज्न भनी मानिसहरु मधेस तथा विभिन्न सहरमा बसाइ सरेका समाचार सुन्नमा आइ रहन्छन् । कतै खाने पानी अभाब त कतै बिद्यालय टाढा ; जस्ता समस्याले गर्दा पाहाड रित्तिन आटेकोमा सर्बत्र चिन्ता छ । मानिसलाई सुबिधा दिएर भए पनि बसाइँसराइ रोक्नु पर्छ भनेर प्रदेश सरकार र स्थानीय सरकारले चासो देखाएको पनि पाइन्छ ।

तर ; “सुगम भनिएको मधेसमा यो समस्य देखिनु राम्रो होइन ! “मधेस आफैं सुसस्कृत सभ्य र ग्रामीण जीवनशैली धानेको भुगोल हो । जहाँ अहिले गोठ रित्ता छ्न, गाई भैंसी छैनन् । भकारा र गोबरको गन्द आउन छोडेको छ । कागती र ज्यामिरका बासनाको कल्पना सम्म गर्न सकिँदैन ।
“सस्कृती र सभ्यता डलरमा साटिन थालेको छ ! गाउले परिवेशलाई ओत दिने “घुम, सस्कृती फाटेको छ ।
तर मधेसको सुबिधा सम्पन्न स्थानका घर परिबार नै घर छोड्न थाल्नु सोचनिय बिषय भएको बताउनु हुन्छ बौद्धिक ब्याक्तित्व कृष्ण प्रसाद भट्टराई ।

दिनानुदिन गाउँ घर रित्तिनु राम्रो लक्षण होइन, मान्छेहरु बिस्थापित हुन असल कुरा होइन, मान्छेहरू लाई बसाइ सर्न बाट रोक्नु पर्ने स्थानीय राजनितीकर्मी रामशरण उप्रेतीको राय छ ।

मानिसहरू घर गोठ अर्काको जिम्मामा छोडेर हिड्नु राम्रो कुरा पक्कै होइन । मान्छेहरू गाउँ घर छोडेर हिड्नुको कारणका बारेमा उप्रेतीको भने आफ्नै तर्क छ ।

“मानिसहरू सुबिधाभोगी भए !” छोरा छोरी युरोपका मुलुकमा गएर प्रसस्त कमाउन थालेका छ्न । पैसा भए पछी मान्छेले सुबिधा खोज्छ, सान्ती खोज्छ, इज्जत प्रतिस्ठा खोज्छ, यो मानबिय स्वभाव पनि हो ।

उप्रेती थप्छन् , “हामी कहाँ राम्रो हस्पिटल छैन । बजार अस्त ब्यस्त छ । लागू औषध र दुई नम्बरी कारोबार गर्नेहरुको अखडा बन्दै छ समाज ।

यस्तो अबस्थमा मान्छेले आफ्नो सुख खोज्न अन्यत्र भौतारिनु अनौठो होइन । तर !” समाजको संरचना नै बिग्रीने गरी, समाजको सस्कृती र सभ्यताको खिल्ली उड्ने गरि हुने बसाइ सराइ रोक्न राज्य, स्थानिय निकाय र समाजले हातेमालो गर्नु पर्छ ।
अन्त्यमा ;
– यी बस्ती र घरहरुमा अरु बेला झैं गुल्जार साँझहरु कहिले फर्केर आउलान, हामी प्रतीक्षा गरिरहने छौं ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.