२० फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected]
सासापुर स्वास्थ्य चौकीमा महिला तथा प्रसुति रोग विशेषज्ञ  बाट सेवा प्रदान गरिने – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सासापुर स्वास्थ्य चौकीमा महिला तथा प्रसुति रोग विशेषज्ञ  बाट सेवा प्रदान गरिने

प्रेमनाथ पौडेल

सर्लाही । सर्लाहीको हरिवन वडा नं ४ गणेशचौकमा रहेको सासापुर स्वास्थ्यचौकीमा अब महिला तथा प्रसुति रोगको पनि विशेषज्ञ डाक्टर बाट उपचार हुने भएको छ ।

बिगत १ बर्ष  देखि हरिवनको सासापुर स्वास्थ्य चौकीबाट एक्सरे ,भिडियो एक्सरे ल्याब लगायत सेवा प्रदान गर्दै आएको स्स्वास्थ्यचौकीमा ८ महिना अघि बाट  प्रत्येक महिनाको पहिलो शुक्रवार हुदै अब  महिनाको प्रत्येक शुक्रवार विभिन्न  रोग बिशेषज्ञ डाक्टर बाट रोग निदान उपचार सेवा पुर्याउदै आएकोमा भोलि असोज १६ गते ,मंगलवार बाट थप स्त्री तथा प्रसुति रोगको पनि रोग  विशेषज्ञ डाक्टर बाट सेवा प्रदान गर्न लागिएको ससासापुर स्वास्थ्यचौकीका इन्चार्ज मोहन घिसिङ्गले बताउनु भयो ।

नगरवासीहरुको स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै अब शुक्रवारको अलवा मंगलबार पनि स्त्री  तथा प्रसुति रोग सम्बन्धि  रोगको निदान गर्ने उदेश्यका साथ सेवा सुचारु गर्न लागिएको स्वास्थ्य शाखा संयोजक रामबाबु चौधरीले बताउनु भयो ।

महिलामा धेरै रोगका समस्याहरु देखिने गरेका त्यस लाई मध्ये नजर गर्दै रोगबाट नागरिक लाई मुक्ति दिलाउनको लागि प्रत्येक मंगलबार सासापुर स्वास्थ्यचौकीमा अब स्वास्थ्य चौकी बाट प्रदान हुने स्वास्थ्य उपचारको अलवा स्त्री तथा प्रसुति रोगको पनि उपचार रोग विशेषज्ञ डाक्टर  लिमु कुमारी साहले स्वास्थ्य उपचार गर्ने बताईएको छ ।

डाक्टर साह बाट अब   पाठेघरको समस्या  भएका , गर्भवती , सेतोपानी बग्ने, तल्लो पेट दुख्ने,  आङ खस्ने  गर्भधारण  नहुनेले  स्वास्थ जाच गर्नु सकिने स्वास्थ्य चौकी सासापुरले जनाउदै स्वास्थ्य परिक्षण गराई स्वास्थ्यलाभ लिन हुन नगरवासीमा स्वास्थ्य चौकी सासापुरले अपिल गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.