२० फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected]
केही दिनको बर्षाले जिल्लाको उत्तरी भेगका किसान खुसी – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

केही दिनको बर्षाले जिल्लाको उत्तरी भेगका किसान खुसी

भक्ती रिजाल

सर्लाही । केही दिन देखी परेको बर्षाले सर्लाहीका किसानमा खुसी छाएको छ । हिउँदे बाली धान, मकै लगायत तर्कारी बालीलाई पानीले फाइदा पुगेको किसानहरुले बताएका छ्न् ।

पानीको अभाबमा डढ्न लागेको धानलाई ठूलो राहत पुगेको घुर्कौलीका किसान श्याम सुन्दर महतोले बताए । आकासको भरमा खेती गरेका किसानमा पनि राहत पुगेको महतोको भनाइ छ ।

त्यसैगरी उत्तरी भेग अन्तर्गत सासापुर, अत्रौली, पटौना लगायतका स्थानमा पनि तरकारी खेती लगायतका बालिलाइ हिउदे बर्षाले फाइदा पुगेको अत्रौलीका किसान अमिर सिंह वाइबाले जानकारी दिए ।

केही दिन देखि अत्याधिक बढेको गर्मीसँगै मानिसमा मौसमी झाडा पखाला तथा ज्वरोको प्रकोप फैलिएको थियो । पानी परे संगै स्थानीयले राहत महसुस गरेका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.