२० फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected]
दाताको पर्खाइमा अलपत्र छ, “देशकै दोश्रो तथा ठूलो शिव मन्दिर “ – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

दाताको पर्खाइमा अलपत्र छ, “देशकै दोश्रो तथा ठूलो शिव मन्दिर “

भक्ती रिजाल
सर्लाही ।  देशकै दोश्रो तथा ठुलो पशुपतिनाथ भनेर चिनिएको चतुर्भुजेश्वर शिव मन्दिर यतिबेला दाताको व्यग्र प्रतिक्षामा टोलाइ रहेको छ । “खेताला गएकी आमाको प्रतीक्षामा टोलाइ रहेको दुरदराजको दुधे बालक जस्तै ;

देशकै प्रतिस्ठासंग जोडिएको मधेसको इज्जत दिश्रो पशुपतिनाथको भनेर चिनिएको चतुर्भुजेश्वर शिव मन्दिर संरक्षण र सम्बर्द्धनको अभावमा जिर्ण हुन लागेको हो ।

स्थापना बारे विभिन्न किम्बदन्ती जोडिएको यस मन्दिरमा बिगत ३५ बर्ष देखी अध्यक्ष रहेका केदार नाथ मैनाली सधैं चतुर्भुजेश्वर शिव मन्दिर” को प्रांगणमा भेटिन्छन् , “कसैले मन्दिरको बारेमा चासो राख्ने बित्तिकै मैनाली हौसिन्छ्न् , र मन्दिरको इतिहास देखी बर्तमान सम्म फरर सुनाउछन् ।

संसारकै हिन्दु धर्मावलम्बीहरले आस्थाको रुपमा मानेको पशुपतिनाथको मन्दिर जस्तै हरिवन नगरपालिका वडा नम्बर ९, सुकेपोखरीमा रहेको चतुर्भुजेश्वर शिव मन्दिरलाइ दोश्रो ठूलो पशुपतिनाथको मन्दिर मानिन्छ ।

मैनाली भन्छन् “धेरै महिमाले भरिएको मन्दिर सबैको आस्थाको केन्द्र बनेको छ । मन्दिरमा चोखो मनले भाकल गरे, “मागेको मनोकांक्षा पूरा हुने थुप्रै उदाहरण रहेका छ्न ।

सन्तन नहुनेले मन्दिरमा आएर भाकल गर्दा सन्तान प्राप्ती भएका छ्न । रोग लागेमा भाकल गरे जस्तो सुकै रोग पनि निको हुने गरेको मैनालीले दाबी गरे । विभिन्न समयमा लगाइएको सप्ताह / पुराण लगायतका धार्मिक गतिविधिले समाज अनि रास्ट्रमा शान्ती छाएको उनले सुनाए ।

मन्दिरका लागि स्टक्चर तयार छ, दाताहरुबाट उपलब्ध काठका टुंडाल, आखिझ्याल तथा ढोकाहरु आइसकेका छन, तर मन्दिरमा कुनै आर्थिक श्रोत नभएको कारण काम अगाडि बड्न सकेको छैन । गर्भ गृहबाट ६५ फिट उचाई रहेको मन्दिरको उचाइ पशुपतिनाथ मन्दिरको भन्दा अग्लो हुन जाने मैनालीले दाबी गरे ।

मन्दिरको छानो तामाको रहने र त्यसको लागि मिहेनत लगनशीलता अनि इच्छाशक्ति चाहिने उनको भनाइ छ । “त्यसैगरी टुँडाल लगायत अरु कास्ठ कला र सौन्दर्यमा धेरै खर्च हुन आउँदा पनि आर्थिक ब्ययभार बढ्न जाने अर्का संरक्षक कृष्ण बहादुर खड्का बताउँछन् । ” हाल सम्म एक करोड पचास लाख खर्च भै सकेको र अझै २ करोड जति खर्च लाग्ने खड्काले सुनाए ।

अध्यक्ष मैनाली भन्छन् “हरिवन नगरपालिकासंग मधेस प्रदेशको गौरब बोकेको शिब मन्दिरको जगेर्ना गर्न प्रदेश सरकार तथा स्थानीय सरकारले चासो नदेखाउनु आफैंमा दुःखद् कुरा हो !

देशकै प्रतिस्ठासंग जोडिएको र हरिवनमा रहेको दोश्रो ठूलो पशुपतिनाथ भनेर चिनिएको चतुर्भुजेश्वर शिव मन्दिर पुर्णता: को लागि हाम्रो पनि साथ र शुभकामना ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.