
भक्ती रिजाल
सर्लाही । हरिवन नगरपालिका वडा नम्बर ५ का स्थानीयले आफ्नो वडाको सुरक्षा आफैले गर्न थालेका छन् ।
स्थानीय प्रशासनसंग सहकार्यमा टोल बिकास समिति गठन गरि वडाका सबै खाले गतिविधिमा सक्रियता बढाइएको वडा नम्बर ५, का अध्यक्ष नागेन्द्र साहले जानकारी दिए ।
१३ वटा टोल बिकास समिति गठन गरी हरेक गाउँ र टोलहरुमा शान्ति सुरक्षा कायम गर्ने तौर तरिका र सिकाइ, लागुऔषध ओसारपसार नियन्त्रण रोकथाम र अभिमुखीकरण गर्ने तरिका तथा गाउँ घर सरसफाइ जस्ता बिषयमा जोड दिइएको शाहले बताए ।
सबै टोल तथा गाउँ टोल बिकास समिति सक्रिय छ्, जसले सरसफाइदेखि लिएर सार्बजनिक सम्पत्ति संरक्षण, बाटो घाटोको सरसफाइ, पशु चौपाया ब्यबस्थापन बृक्षरोपण लगायतका क्षेत्रमा काम गर्छ । त्यसैगरी
लागू औषध नियन्त्रण समन्वय समितिले युवा लक्षित कार्यक्रम मार्फत सचेतनामुलक गतिविधि तथा खेल्कुदका कार्यक्रम गर्ने गर्छ ।
कराँते प्रशिक्षक लालबहादुर डुम्जन भन्छन् उद्देश्य एउटै मात्र छ, “लागू औषधको कहालीलाग्दो प्रकोप बाट बच्नु, बाच्नु
अनि बचाउनु !
एक सय जति युवाहरूलाई बिहानी प्रशिक्षणमा समेल गराएको छु, अनुसाशन सिकाउछु, कुलत र गलत कामको परिणाम बारे सचेत गराउछु डुम्जनले सुनाए, ” खेलकुदका सम्पुर्ण सामाग्री वडा अध्यक्ष नागेन्द्र साहले ब्यबस्थापन गरिदिनु भएको हुदा सजिलो भएको छ उनले भने,
त्यसैगरी साँझको समयमा फुटबल प्रशिक्षक चन्द्र लामा आफै फिल्ड्मा उत्रिन्छन् , “लामा भन्छन्, गलत बाटो हिड्नेलाइ सहि लाइनमा ल्याउन निक्कै मिहिनेत गरेको छु । खेलकुदको मध्यमबाट युवाहरूलाई सचेत गराउने तर्फ सक्रिय छौ ।
कृष्ण प्रणामी टोल सुधार समितिका अध्यक्ष कपिलेश्वर महतो भन्छन् “सहि कर्मको फल असल हुन्छ, त्यसैले सुरक्षा निकाय संग हातेमालो गर्दै सामाजिक एकत्वलाइ बचाइ राख्न कुनै पनि कसर बाकी राखेका छैनौ ।
सामाजिक काममा युवाहरुको ठूलो सहभागिता रहने गरेको छ । हामी हाम्रो वडालाइ नमुना बनाउने ध्याउन्न्मा लागेका छौं ।
कसैको मुख नताकी ” आफ्नो गाउँ आफै बनाउ” भन्ने मुल नारालाई आत्मा साथ गर्न सके समृद्धि खोज्न कतै भौतारिनु नपर्ने बताउछ्न, `सिद्धार्थ टोल सुधार समितिका अध्यक्ष अमर लाल तामाङ, ` सामाजिक उत्तर दायित्वलाई सबैले बुझ्न सके समाज बिकास हुन समय नलाग्ने तामाङको बुझाइ छ ।
वडा नम्बर पाँच साँच्चै नै हराभरा छ, उर्बार छ अनि अनुसाशित छ । हामी “सुन्दर पाँच नम्बर वडा, निर्माण गर्ने अभियानमा छौं, यो गाउँ उदाहरणीय बन्ने छ वडा अध्यक्ष शाहले सुनाए ।