२० फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected]
हरिपुर्वा र पर्सामा अन्तराष्ट्रिय बालिका दिवस मनाइयो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हरिपुर्वा र पर्सामा अन्तराष्ट्रिय बालिका दिवस मनाइयो

सर्लाही,२४ असोज । सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा अब हाम्रो समय, हाम्रो अधिकार, हाम्रो भविष्य मुल नाराको साथ अन्तराष्ट्रिय बालिका दिवस मनाइएको छ ।

वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहयोग तथा बागमती सेवा समाज नेपालको आयोजनामा संचालन बाल संरक्षण तथा समुदायमा संग्लनता बाल स्पोन्सरशिप परियोजना अन्तर्गत आज अन्तराष्ट्रिय बालिका दिवस मनाइएको छ ।

हरिपुर्वा नगरपालिका तथा पर्सा गाउँपालिकामा विभिन्न वडाका बालकल्बको बालबालिका सहभागी गराई हाजिरीजवाफ प्रतियोगिता गरी बालिका दिवस मनाइएको बागमती सेवा समाज नेपालले जनाएको छ ।

हरिपुर्वा वडा नं ५ को सोन्फि आधारभुत विद्यालयका प्रधानाध्यापक ससी कुमार यादवको अध्यक्षतामा गरिएको कार्यक्रमको संचालन वडा नं ६ स्थित रहेको राम जानकी आधारभुत विद्यालयका प्रधानाध्यापक चन्देव राय यादव गरेका थिए।

कार्यक्रममा पहिलो, दोस्रो र तेस्रो हुने कल्बलाई विशेष उपहार साथै बाँकी सहभागीहरुलाई सान्तवना पुरस्कार वितरण गरिएको बागमती सेवा समाजका प्रतिनिधि सुबोध महतोले जानकारी दिनु भयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.