१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
क्रान्तिकारी अध्यक्षले गरे जन्मदिनमा गुरुकुलमलाई आर्थिक सहयोग – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

क्रान्तिकारी अध्यक्षले गरे जन्मदिनमा गुरुकुलमलाई आर्थिक सहयोग

सोम दियाली

लालबन्दी ।। आफ्नो जन्मदिन मानिसहरुको लागि विशेष दिन हो । आफू जन्मेको दिनमा फजुल खर्च गर्नुको साटो सामाजिक काम गरौं भन्ने भावना भने सबैमा हुँदैन ।
तर जन्मदिनमा फजुल खर्च गर्नुभन्दा सामाजिक काम गरे पूण्य मिल्ने भन्दै सर्लाहीका दुई मनकारी व्यक्तिहरुले आफ्नो जन्मदिनको अवसर पारी गुरुकुलमलाई आर्थिक सहयोग गर्नुभएको छ ।
जिल्लाको ईश्वरपुर नगरपालिका ३ भक्तिपुर निवासी अखिल(क्रान्तिकारी) सर्लाहीका अध्यक्ष रञ्जित सहनीले आफ्नो २८औं जन्मदिन र हरिवन नगरपालिका ११ का समाजसेवी सुकदेव कार्कीले आफ्नी छोरी अरुणा कार्कीको २७औं जन्मदिनको अवसर पारी सर्लाहीको लालबन्दीस्थित राधाकृष्ण रामजानकी वैदिक संस्कृत गुरुकुलमलाई आर्थिक सहयोग गर्नुभएको हो ।

क्रान्तिकारीका अध्यक्ष सहनीले नगद रु.५ हजार एक सय र समाजसेवी कार्कीले नगद रु.२ हजार गरी जम्मा ७ हजार एक सय गुरुकुलमलाई प्रदान गर्नुभएको गुरुकुलमले जनाएको छ ।
आफ्नो जन्मदिन गुरुकुलमका बटुकहरुसँग बसेर मनाउन पाउँदा र थोरै भएपछि सहयोग गर्न पाउँदा निकै खुशि लागेको क्रान्तिकारीका अध्यक्ष सहनीले बताउनुभयो । उहाँले गुरुकुलममा आई जन्मदिन मनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै जन्मदिन वा विशेष दिनमा गुरुकुलमलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

त्यस्तै वैदिक सनानत धर्म र संस्कृत विद्याको विकासका लागि गुरुकुलमले थालेको अभियानमा आफूहरुले आगामी दिनमा पनि सहयोग गर्ने समाजसेवी सुकदेव कार्कीले बताउनुभयो । उहाँले आफू पहिलो पटक गुरुकुलममा प्रवेश गर्दा आनन्दको अनुभूति भएको भन्नुहुँदै उहाँले हरेक स्थानीय सरकारले गुरुकुलमलाई सहयोग गर्नु पर्ने धारणा राख्नुभयो ।

विभिन्न दाताहरुको सहयोगमा नै सञ्चालन भईरहेको गुरुकुलमलाई थप विस्तार गर्न सबैको सहयोगको खाँचो रहेको बताउनुहुँदै गुरुकुलमका गुरु पण्डित अच्यूतम दाहालले क्रान्तिकारी अध्यक्ष सहनीलाई २८औं जन्मदिन र हरिवन निवासी अरुणा कार्कीलाई २७औं जन्मदिनको शुभकामना व्यक्त गर्नुभयो ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी एवं नेपाली काँग्रेस हरिवनका उपसभापति डाकुरनाथ खतिवडासहित सहनीका आफन्त तथा साथीभाई र पत्रकारको समेत उपस्थिति रहेको थियो ।
जन्मदिनमा सहयोग गर्ने सहनी र कार्कीका पिता सुकदेव कार्कीसहित उपस्थित महानुभावलाई टिका तथा दोसल्ला ओढाई सम्मान गरिएको थियो । बटुकहरुद्धारा स्वस्तिवाचन गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.