
भक्ती रिजाल
सर्लाही । रौतहटको गुजरा नगरपालिका वडा नम्बर २ का नबिन महत लामो समय कतारको गर्मीमा रुमलिए, ” कमाइ राम्रै हुन्थ्यो, दु:खको भने कुनै सिमा थिएन, जेनतेन ५ बर्ष कतार बसेर नेपाल फर्किएका नबिनलाई त्यसपछि रोमानिया जाने रहर जाग्यो ।
आकर्षक कमाइ हुने भए पछी नबिनका पाइला रोमानिया पुग्न हतारिए । उनी रोमानिया पुगे पनि;
“दु:ख त, जता गए पनि उस्तै आइ लाग्ने रहेछ, `नबिन सम्झन्छन् ;- एक बर्ष रोमानिया बसे पछि महतको मन परिबर्तन भयो ।
महतले नेपालमा रहेको सानू चिटिक्क परेको घर सम्झन थाले । धान मकै राम्रै फल्ने बारिको पाटो सम्झन थाले । अनि कहिल्यै बिदेशी भुमिमा दु:ख नगर्ने र नेपालमै केही गर्ने चेतना एकाएक उनमा जागृत भयो ।
अहिले नबिन महत गुजरा नगरपालिका वडा नम्बर २ कटानिमा रहेको आफ्नै होटलमा ब्यस्त देखिन्छन् ।
बिहानै उठ्नु होटलका लागि मरमसला तयार पार्नु अनि दिनभरिको रुटिङ्ग तयार पार्नु उनको नित्य कर्म जस्तै बन्ने गरेको छ । नबिनकी श्रीमती सर्मिला महत घरमा पालेका बाख्रा र कुखुरा स्याहार्छिन् र नबिनलाई सघाउछिन् ।
अहिले नबिनको होटलमा दैनिक जसो टाढा टाढाका ग्राहक आउने गर्छन् । बिशेष गरेर होटलमा आउने कर्मचारीहरुले लोकल कुखुराको मासु र कोदाको ढिडो खान मन पराउने गरेका उनी बताउँछन् ।
चन्द्रपुर नगरपालिका बाट दक्षिण पश्चि कटानीमा रहेको महतको होटलको परिकार चन्द्रपुर बजार, गरुडा, सन्तपुर, हिमालिबास लगायतका ब्यापारीहरुको रोजाइमा पर्न थालेको छ ।
बिदेशमा रहँदा होटल लाइनमा काम गरेको राम्रो अनुभव भएका नबिन पुराना खानाका परिकार देखि नयाँ परिकार पस्कन सिपालु छन् ।
पहाड घर दोलखा भएका नबिन उतैबाट कोदो र फापरको पिठो ल्याउने गरेको बताउछन् । माग अनुसार लोकल हाँसको मासु, माछाको परिकार लोकल कुखुराको मासु तथा विभिन्न थरिका अचारका स्वाद पस्कने गरेको उनले सुनाए ।
गाउँ घरमै बाख्रा तथा कुखुरा पाइने भएकाले मासु किन्न बजार सम्म पुग्नु पर्ने हैरानी कम भएको नबिन बताउछन् ।
आफुलाई ब्यबसाय संचालन गर्ने क्रममा कुनै कर्मचारी आबस्यकता नरहेको उनले सुनाए । श्रीमती दुई छोरा र आमा घरमै भएकाले कामगर्ने मान्छेको अभाव नभएको उनी बताउछन् ।
वैदेशिक रोजगारमा भोगेको हैरानीले आफुलाई गाउँमै केही गर्ने भावना जगाएको उनले सुनाए । यतिबेला आफ्नो बारीमा लहलहाउदो रायोको साग छ । हरियो तरकरीको कमी छैन ।
बिसादी रहित हरियो साग सब्जीको स्वादमा ग्राहक रम्ने गरेका नबिन बताउँछन् ।
बिदेशको दु:ख भन्दा परिबारसंगै स्वदेशमा केही गरौं भनी आफुले ब्यबसाय संचालन गरेको महतले सुनाए ।
अरु साथीभाइलाई पनि स्वदेशमै केही गर्नु पर्छ भनी आफुले जोड दिने गरेको महतको भनाइ छ । स्वदेशमै जाँगर चलाएर परिबार पाल्न कस्सिएका तन्देरी नबिन महत प्रती हाम्रो पनि सम्मान ।