१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
एकिकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना अन्तर्गत जनचेतना मुलक सडक नाटक प्रदर्शनी – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

एकिकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना अन्तर्गत जनचेतना मुलक सडक नाटक प्रदर्शनी

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकामा एकिकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना अन्तर्गत जनचेतना मुलक सडक नाटक प्रदर्शनी भएको छ । वर्ल्ड भिजन इन्टरनेशनल नेपाल (WVI Nepal) को आर्थिक सहयोग र  राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) समन्बयमा हरिपूर्वा ना.पा मा संचालित एकिकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना (INRL)अन्तर्गत वडा न. १ को मुनर टोलमा सडक नाटक प्रदर्शन गरिएको छ । खासगरी गर्भवती, प्रस्तुति सुत्केरी तथा नवजात शिशु सम्बन्धी र उनीहरुको घरपरिवारलाई लक्ष्ति गरि दलित बस्ती तथा विभिन्न चोकहरुमा रूपान्तरण सहजकर्ता तथा हरिपुर्वा स्वास्थ्य चौकी वार्ड न.१ का सरधा घिमिरे (ANM) द्वारा सडक नाटकको माध्यमले जनचेतना पुर्याउने कार्य भइरहेको राष्ट्रिय रोजगार पर्वद्धन केन्द्र (RRPK) संस्थाका फिल्ड अधिकृत राजेश साहले जानकारी दिए ।

बिहिबार सडक नाटकको कलाकारहरु र स्वास्थ्यकर्मीहरु सहभागी भई वाल बिबाह बाट हुने समस्याहरु, र्गभवती महिलालाई गरिने व्यवहार, पौष्टिक अहार,हरेक बार खाना चारको बारेमा, बालबालिका पोषण, सरसफाई, गर्भवती चेकजाच बारेमा (ANC Visit), खोपको बारेमा र स्वास्थ्य सस्ंथामा हुने प्रसुतीको फाइदा तथा परिवार नियोजन चेतनामुलक संदेशहरु प्रस्तुत गरिएको थियो ।

सडक नाटक सहभागी हरिपूर्वा नगरपालिका वडा नम्बर १ को वडाध्यक्ष श्यामबाबू रायको, हरिपूर्वा स्वास्थ्यचौकी इन्र्चाज चन्द्र किशोर साह, राष्ट्रिय रोजगार पर्वद्धन केन्द्रका र्तफबाट राजेश गुप्ता,वार्डका म.स्वा.स्व.से.हरु(FCHVs), सामुदायीका बुद्धिजीवी, गर्भवती, सुत्केरी महिलाहरु लगायत बालबालिकाहरु सहित सयौं दर्शकको उपस्थिती रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.