१९ फाल्गुन २०८०, शनिबार | Email:- [email protected] | [email protected]
दुई दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

दुई दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न

भक्ती रिजाल

सर्लाही ।हरिवन नगरपालिका वडा नम्बर ८,मा रहेका विभिन्न टोल बिकास संस्थालाई मध्यनजर गरी हिजोबाट संचालन गरिएको क्षमता अभिबृद्धि तथा अभिमुकीकरण तालिम आज सम्पन्न भएको छ ।

नेपाल सरकारका पुर्ब सचिब तथा स्थानीय शासनका ज्ञाता काशिराज दाहालले सहभागीलाई बिकास र जनसहभागिता बारे प्रशिक्षण दिनु भएको थियो ।

त्यसैगरी टोल विकास संस्था हेटौंडा नगर समन्वय समितिका महा-सचिव शिवहरी दहालले टोल बिकास संस्था बारे प्रशिक्षण दिनु भएको आयोजक वडा नम्बर ८, का वडा अध्यक्ष प्रज्वल ढुंगानाले जानकारी दिनु भयो ।

हिजोबाट संचालन भएको क्षमता अभिबृद्धी कार्यक्रममा सामुदायिक बन, विद्यालय ब्यबस्थापन समिति ,चापिनी टोल बिकास समिति, पाख्रीन टोल बिकास समिति, फेदी टोल बिकास समिति सहभागी थिए ।

त्यसैगरी कौवा टोल बिकास समिति , पुरानो बजार टोल बिकास समिति, नारायण चोक टोल बिकास समिति, त्रिपुरेश्वर टोल बिकास समिति तथा स्कुल टोल बिकास समिति लगायत १३ संस्थाका प्रतिनिधि सहभागी भएका अध्यक्ष ढुंगानाले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.