
प्रेमनाथ पौडेल
हरिवन । सर्लाहीको हरिवन नगरपालिकामा भएको नि:शुल्क आँखा शिबिरमा ३ सय भन्दा बढिको आखा रोगको परिक्षण गरिएको छ ।
हरिवन नगरपालिका ,सुखेपोखरीमा रहेको बालपोषण योजनाको आयोजना तथा गौर आँखा अस्पतालको प्राबिधिक सहयोगमा बालपोषण योजनाको कार्यालयमा बुधबार बाट शुरु भएको नि:शुल्क आँखा शिबिरमा शुक्रबार सम्म ३ सय २६जना आखा रोगि हरु को सफल उपचार गरिएको हो ।
आँखा परिक्षण गरिएका ३ सय २६जना मध्ये ८४जनामा मोतिया बिन्दु फेला परेका छन भने ७७जना को नि:शुल्क आँखाको सफल अप्रेसन समेत सम्पन्न गरिएको हरिवन नगरपालिका का स्वास्थ्य शाखा संयोजक रामबाबु चौधरीले जानकारी दिनु भयो ।
शिबिरमा नेपाल नेत्र ज्योति संघ गौर आखा अस्पतालका दक्ष जना आखा रोग विशेषज्ञ डाक्टर का साथै बालपोषण योजना आँखा उपचार केन्द्रका स्वास्थ्यकर्मीले आँखाको परिक्षणका साथै अप्रेसन कार्य मा प्राबिधिक सहयोग पुर्याएको बताईएको छ ।
अप्रेसन गरिएका आँखाका बिरामीहरुलाई नि:शुल्क चस्मा का साथै औषधी समेत गौर आखा अस्पताल ले उपलब्ध वराएको हरिवन नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
केही महिना अघि पनि आखा पाक्ने रोगको प्रकोप बढेको बेला गौर आखा अस्पताल ,बालपोषण आखा उपचार केन्द्र लगस्यत ले हतिवन नगरपालिका भित्र का बिभिन्न बिधालय र स्वास्थ्य चौकि हरुमा निशुल्क आखा को परिक्षण गर्नु को साथै निशुल्क रुप मा औषधि बितरण गरि सहयोग पुर्याएको थियो ।