१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
जनमत पार्टीका रास्ट्रिय अध्यक्ष डा.राउत भोली सर्लाही आउदैँ – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

जनमत पार्टीका रास्ट्रिय अध्यक्ष डा.राउत भोली सर्लाही आउदैँ

सर्लाही,१९ कार्तिक । जनमत पार्टीका रास्ट्रिय अध्यक्ष डा.सि.के.राउत भोलि सोमवार सर्लाही आउने भएको छ ।डां राउत भोलि सोमवारका दिन सर्लाहीको कविलासी नगरपालिकामा आउने जनमत पार्टीका केन्द्रिय सदस्य नरेश कुशवाहाले जानकारी दिए ।

डां राउत कविलासी नगरपालिका वडा नं.८ स्थित रहेको चौकमा वृहत् पार्टी प्रवेश तथा आमसभा एवं दिपावली र छठ पर्वको शुभकामना आदान प्रादान कार्यक्रममा सहभागी हुने जनमत पार्टीका अर्का केन्द्रिय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज सुजन यादवले जानकारी दिए ।

यादवले राजनिति गर्ने ईमान्दार नेताहरुको लागि जनमत पाटी मात्र उपयुक्त हुने दावी गरे । केन्द्रिय सदस्य यादवले जनमत पार्टी मधेश लगायत सिङ्गो देशमा हुने गरेको बेथिति विरुद्ध अवाज उठाउने भएको हुदाँ अन्य विभिन्न पार्टीका नेताहरुलाई जनमत पार्टीमा प्रवेश गर्न समेत आग्रह गर्नुभयो ।

उनले भोलि कविलासीमा लगभग १५ जना स्थानियको उपस्थित हुने र १ हजार भन्दा बढि व्यक्तिहरु अन्य पार्टी परित्याग गरी जनमतमा प्रवेश गर्ने दावी समेत गरेका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.