१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
हरिवनका फार्मेसीहरूको अनुगमन,अपुग कागजात पुरा गर्न निर्देशन – Nigrani Today
ताजा खबरप्रदेश २शिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

हरिवनका फार्मेसीहरूको अनुगमन,अपुग कागजात पुरा गर्न निर्देशन

प्रेमनाथ पौडेल
हरिवन । सर्लाहीको हरिवन नगरपालिकामा संचालित फार्मेसीहरू तथा क्लिनिकहरुको अनुुगमन गरिएको छ । आज हरिवन नगरपालिका सामाजिक विकास समितिका संयोजक प्रज्वल ढुँगानाको नेतृत्वमा समितिका अन्य पदाधिकारी, स्वास्थ्य शाखा र ईलाका प्रशासनको टोलीद्वारा फार्मेसीहरूको अनुगमन तथा सुपरिवेक्षण गरेको छ।

हरिवनमा ८ वटा फार्मेसी र २ वटा क्लिनिक अनुुगमन गरिएकोमा एक क्लिनिकको कुनै पनि कागजात नभएको र एक वटा फार्मेसी नगरपालिकामा व्यवसाय दर्ता नगरेको हुदाँ अपुग कागजात १ हप्ताभित्र पुरा गर्न निर्देशन समेत दिइएको हरिवन नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

त्यस्तै एक वटा फार्मेसीमा व्यवसायी आफैं उपस्थित नभएको पाईएकोले सचेत गराइएको स्वास्थ्य शाखाले जनाएको छ । अनुुगमनमा वडा नं. ११ का वडा अध्यक्ष शेष मेहबुब रेजा तथा स्वास्थ्य शाखाका प्रमुख राम बाबू चौधरीको समेत सहभागिता रहेको हरिवन नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.