१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
चन्द्रनगर वडा नं. २ विर्ता बजारमा माओवादी केन्द्रको वडा कमिटि गठन – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

चन्द्रनगर वडा नं. २ विर्ता बजारमा माओवादी केन्द्रको वडा कमिटि गठन

चन्द्रनगर । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. २ विर्ता बजारमा माओवादी केन्द्रको वडा कमिटि गठन गरिएको छ । आज विर्ता बजार स्थित रहेको रामजानकी मठको प्राङ्गनमा नेकपा माओवादी केन्द्र चन्द्रनगरका संयोजक लोकेन्द्र मुखियकाको अध्यक्षता २७ सदस्य कमिटि गठन गरिएको थियो ।

कमिटिको संयोजकमा दरेश राय यादव, उप–संयोजकमा अरुण कुमार महतो, सचिवमा बिरेनद्र कुमार राय, कोषध्यक्षमा राज कुमार सिंह, सदस्यहरुमा सरवरिया देवी माझी, राजेश श्रेष्ठ, उर्मिला श्रेष्ठ, प्रवेज मिकरानी, सुरेश महतो, राम बाबु महतो, राम विश्वास साह, किशोरी महतो, राज किशोर महतो, लखिन्द्र माझी, बिक्रम दास लगायत २७ सदस्य कमिटि गठन गरिएको छ ।

कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका उपाध्यक्ष गिता देवी महतो, वडा नं. ३ का वडा अध्यक्ष सिता राम महतो, माओवादी केन्द्रका नेता महाविर महतो, जिल्ला सदस्य लक्षमण महतो, नेता नविन यादव, मोलाजिम मन्सुर, नवल किशोर राय यादव, राज किशोर महतो लगायत माओवादी केन्द्रका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसैगरी ५ दिन पहिले मृत्युु भएका विफाई माझीका श्रीमतीलाई माओवादीका नेताहरुले नगद रु. १० हजार क्रिया खर्च सहयोग समेत गरेका छन । मृत्क विफाई माझीका श्रीमतीलाई माओवादी केन्द्रका नेता नविन यादव, सिताराम महतो, लोकेन्द्र मुखिया लगायतका व्यक्तिहरु मिलि उक्त रकम हस्तान्तरण गर्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.