२० फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected]
नगर प्रमुख जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवामा झण्डै २ हजारको स्वास्थ्य परिक्षण गरियो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

नगर प्रमुख जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवामा झण्डै २ हजारको स्वास्थ्य परिक्षण गरियो

प्रेमनाथ पौडेल
हरिवन। सर्लाहीको हरिवनमा भएको नगरप्रमुख जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रम मा झन्डै २ हजारको स्वास्थ्य परिक्षण गरिएको छ ।

स्वास्थ्य चोकी सम्म जान नसक्ने जेष्ठ नागरिक हरुको लागि घर घर मै पुगेर स्वास्थ्यकर्मीहरुले जेष्ठनागरिकको स्वास्थ अबस्थामा सेवा पुर्याउने उदेश्यले संचालन गरिएको नगर प्रमुख जेष्ठ नागरिक गाउघर स्वास्थय कार्यक्रममा १ हजार ९ सय ७३ जना स्वास्थ्य परिक्षण गरिएको हो ।

नगरका सम्पुर्ण नागरिक स्वस्थ रहे मात्रै सुखि हरिवन समृद्ध हरिवन भन्ने मुल मन्त्र लाई आत्मा सात गर्दै मंगलबार बाट नगरपालिका भित्रका प्रत्येक वडाका टोल टोल र बस्ति बस्तिमा स्वास्थ्यकर्मीहरु पुगेर स्वास्थ्यचौकी सम्म जान नसक्ने स्वास्थ्यचौकीको पहुच बाट टाढा रहेका जेष्ठ नागरिक हरुको स्वास्थ चेकअप परिक्षण गर्ने काम गरिएको हरिवन नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले बताउबु भयो ।

मंगलबार बाट शुरु गरिएको स्वास्थ्य परिक्षण कार्यमा ११ सय ३२ महिला तथा ८ सय ४१ पुरुषको स्वास्थ्य परिक्षण गरिएको बताईएको छ ।परिक्षण गरिएका ७० प्रतिशात जेष्ठ नागरिक आमा बुबामा सुगर, प्रेसर ,ढाड दुख्ने दम ,बाथ तथा नशा रोग रुघाखोकि रोग को समस्या देखा परेको स्वास्थ्य शाखा हरिवन ले जनाएको छ ।

स्वास्थ्य परिक्षण मा स्वास्थ्य उपचार गराउनु हुने हरुलाई निशुल्क रुपमा औषधि समेत प्रदान गरिएको छ ।स्वास्थ्य कार्यक्रम मा वडा का जन प्रतिनिधि ,महिला स्वास्थ्य स्वयम सेबिका लगायत ले सहयोग पुर्याउनु भएको प्रति नगर स्वास्थ्य शाखा ले धन्यबाद सनेत प्रदान गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.