
प्रेमनाथ पौडेल
हरिवन । स्वास्थ्य क्षेत्रमा एक कदम फडको मार्दै हरिवन नगरपालिका मधेश प्रदेशकै उत्कृष्ट नम्बर एकमा पर्न सफल भएको छ ।
मधेश प्रदेशको राजधानि जनकपुरमा गत बिहिबार बाट शुरु भएको स्थानिय तह स्वास्थ्य संस्था हरुको स्वास्थ्य सेवा प्रबाह समन्धि बार्षिक समिक्षा गोष्ठीमा मधेश प्रदेशका १३५वटा स्थानिय निकाय लाई पछि पार्दै हरिवन नगर पालिका प्रथम हुन सफल भएको हो ।
गत बर्ष तेस्रो स्थान हासिल गरेको हरिवनले यस वर्ष अर्थात आर्थिक बर्ष २०७९/८० मा कार्य सम्पादन सेवा प्रवाह मापन गर्ने बिभिन्न १५वटा सुचकको १०० मार्कमा रहेर गरिएको मापनमा हरिवन नगरपालिकाले ८५ .५ अंक प्राप्त गरि नगरपालिका प्रथम भएको छ ।
त्यस्तै हरिपुर नगरपालिका पनि ८५.५अंकका साथ प्रथम भएको बताईएको छ ,त्यस्तै गत बर्ष प्रथम स्थान हासिल गरेको सप्तरीको माहकंकालिनि हनुमान नगरले ८३.८अंक प्राप्त गर्दै दोस्रो र सप्तरी कै कंचनरुप नगरपालिकाले ८१अंक प्राप्त गरि तेर्सो भएको मधेश प्रदेश स्वास्थ्य निर्देशनालय ले घोषणा गरेको हो ।
प्रथम भएको नगरपालिका हरिवन लाई मधेश प्रदेशका जनसंख्या तथा स्वास्थ्य मन्त्री बिरेन्द्र प्रसाद सिंह ले नगरपालिका का प्रमुख रमेश बुढाथिकि(कमल ,)उप प्रमुख हरिमाया घलान ,निमित्त प्रमुख प्रसासकिय अधिकृत गोपाल नाथ श्रेष्ठ ,स्वास्थ्य शाखा संयोजक रामबाबु चौधरी सहित लाई दोसल्ला सम्मान पत्र र जनकपुर जानकिमन्दिर अंकित माया को चिनो बाट सम्मान गरिएको बताईएको छ ।
केहि दिन अघि जिल्ला भित्र रहेका २० वटा स्थानिय तह को स्वास्थ्य समिक्षा गोष्ठी मा पनि हरिवन नगरपालिका १९वटा स्थानिय निकाय लाई पछि पार्दै प्रथम हुन सफल भएको थियो ।
यसै बिच यो सम्मान प्राप्त गर्न र नगरपालिका लाई प्रथम स्थान हासिल गराउन स्वास्थ्य को क्षेत्रमा अहोरात्र खटि नगर पालिका को स्वास्थ्य मा काम गर्ने स्वास्थ्यकर्मि ,कर्मचारि , स्वास्थ्यका क्षेत्रमा बिभिन्न तहतप्का बाट सहयोग पुर्याउने जनप्रतिनिधि महिला स्वास्थ्य स्वयम सेबिका निजि स्वास्थ्य संस्था का साथै पत्रकार लगायत लाई हरिवन नगरपालिका ले बिशेश धन्यबाद प्रकट गरेको छ ।