१६ मंसिर २०८०, शनिबार | Email:- [email protected] | [email protected]
लालबन्दी वडा नं. ५ द्वारा टोल सरसफाइ अभियानको थालनी – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

लालबन्दी वडा नं. ५ द्वारा टोल सरसफाइ अभियानको थालनी

लालबन्दी, सर्लाही

लालबन्दी नगरपालिका वडा नं. ५ ले टोल सरसफाइ अभियान थालनी गरेको छ।हिन्दूहरूका महान पर्वहरू क्रमश: तिहार र छठलाई लक्षित गरी टोल सरसफाइ अभियान थालनी भएको हो। टोलवासीहरूको सक्रिय सहभागिता र वडाको लागत साझेदारीमा सरसफाइ अभियान सञ्चालन भइरहेको छ।

आफ्नो टोल सफा र स्वच्छ राखौँ भन्‍ने अभियानका क्रममा टोल सरसफाइका लागि जनचेतना सिर्जना गर्ने समूह निर्माण, योजना तर्जुमा र व्यवस्थापनका साथ आफू जनताको हरेक काममा लागी परेको वडाध्यक्ष मिनप्रसाद ढुङ्‌गेलले बताए।

वडाध्यक्ष ढुङ्‌गेलको सक्रिय भूमिका तथा सरसफाइ अभियानकी संयोजक गायत्री महत थापाको अगुवाइमा वडा सरसफाइ अभियान अगाडि बढिरहेको स्थानीय युवा समाजसेवीहरू नवराज पौडेल र सन्तोष बुढाथोकीले बताए। वडालाई स्वच्छ र सफा राख्न आफूले कुनै कसर बाँकी नराख्ने वडाध्यक्ष ढुङ्‌गेलले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.