
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं १० खैरामा जिल्ला स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।
जिल्ला स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरीले गर्नुभयो ।
जिल्ला स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगितामा बारा, रौतहट, महोतरी तथा सर्लाही जिल्ला गरी २४ वटा क्लब टिमको सहभागीता रहेको छ।
जिल्ला स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ३० हजार , कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय हुने टिमलाई नगद रु २० हजार कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक सुर्यदिप युवा क्लबले जनाएको छ । तिहार तथा छठ र अर्धबार्णी गंगा मेलाको उपलक्ष्यमा सुरु भएको प्रतियोगिता आज बाट सुरु भइ मंसिर १२ गते फाइनल खेल भइ सम्पन्न हुने आयोजकले जनाएको छ ।
अहिले भने ब्रह्मबाबा विकास समिति ईश्वरपुर ७ धनपट्टीडाडा र राजा युवा क्लब हरिपुर ५ मजुर्वा बिच कडा प्रतिस्पर्धा हुदै छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य उर्मिला देवी सिंह थरुनी, ईश्वरपुरका पुर्व नगर प्रमुख मनोज देवकोटा, उप प्रमुख एकावती देवी चौधरी, वडा नं १० का वडा अध्यक्ष रासनारायण चौधरी लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको स्थानीय युवा रामविश्वास चौधरीले जानकारी दिए ।