
सर्लाही । गायक रवि राज साहको “कवाना घाटे अवना जवना ” लोक छठ गित मधेशभरी नै लोकप्रिय बन्दै गएको छ । नेपाल टेलिकमले प्रायोजन गरेको यो गितलाई समाजिक सञ्जाल प्रयोगर्ताहरुले कलर टोनमा राख्न समेत आग्रह गरेका छन ।
गायक रविराजको छठ पुजा गितमा बिरगंज घाटे औना जाना सर्लााहीको मलंगवा छठी घाट सजौना भनिएको छ भने जनकपुर आ काठमाडौ घाटे लागल छठी माईके बिछौना हे, लगायतको समुधुर लोक भाका समेटिएको छ । रविराजको गितमा पर्साको बिरगंज,सर्लाही सदरमुकाम मलंगवा तथा धनुुषाको जनकपुर धाम स्थित रहेको छठी घाटहरुलाई समेत समेटेर तयार पारिएको छठ गितमा सिङ्गो मधेशलाई नै प्रतिनिधित्व गरेको छ ।
रविराजको छठ पुजा गित भोजपुरी भाषामा गाइएको छ । यसैगरी गितमा लोक सँस्कृति झल्किने भाका तथा नृत्य प्रस्तुत गरिएको छ । आइ एम ई लोक स्टारमा पनि निकै चर्चा कमाएका रविराजको छठ पुजाको गित भने यतिबेला समाजिक सञ्जाल तताइरहेका छ । यति बेला उनले गाएका छ्ठको गित “कवाना घाटे अवना जवना”लोकप्रिय बन्दै गएको छ ।उक्त गितको मुख्य कलाकारमा गायक रविराज, आश्विनी शाही, लिरिक्स उमा लाल यादव रहेका छन् । रविराजको पछिल्लो गितहरु समेत मधेस केन्द्रित रहेकोले लोकप्रिय हुँदैआएको छ ।
नेपालमा छठ पुजामा आधारित गाइएका गितहरु मध्ये अहिले सम्मकै साहको यो छठ गित लोकप्रिय र सुमुधुर भएको चन्द्रनगर गाउँपालिकाका वडा नं. १ बस्ने रामेश यादवले बताए । उनले गायक रवि राजको गितमा मौलिकता, भाकाको मिठास तथा समग्र मधेशको छठी घाट समेटेको हुदाँ यो गित लोकप्रिय बन्दै गएको बताए ।
समाजिक सञ्जाल प्रयोगकर्ता असलम अंसारीले मधेशको सँस्कृति झल्किने छठ गित निकै नै राम्रो भएको बताए । अर्का समाजिक सञ्जाल प्रयोगकर्ता राम नरेश साहले छठ गित भनेको यस्तो हुनु पर्छ । धन्यवाद छ नेपाल टेलिकमलाई रविराज जस्तो लोक गायकको गितमा प्रमुख प्रायोजन गरिदिएकोमा अब यस गितलाई कलर टोनमा राख्दा अति राम्रो हुने सल्लाह समेत दिएका छन ।
सुशिल नारायण साहले यो अहिले सम्मकै सुन्दर लोकप्रिय भोजपुरी लोक छठ गित भएको बताए । रविराजले प्रमाणित गरिदियो भोजपुरी गित पनि सुन्दर गित हुदोँ रैछ युवा सुशिल भने ।
https://www.facebook.com/100038080577576/videos/717467766552589/