
बलरा । जनमत पार्टीका केन्द्रिय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज सुजन(श्रीचन) यादवले उदाहरणीय कार्य गरेका छन । केन्द्रिय सदस्य यादवले बलरा नगरपालिकाको विभिनन वडामा रहेको छठ घाटको दर्शन गरी विपन्न छठ बर्तालु महिलाहरुलाई सहयोग गरेर उदाहरणीय कार्य गरेको छ ।
उहाले बलराको विभिन्न वडामा रहेको छठ घाटमा गई ३५ विपन्न महिलालाई साडी वितरण गर्नुभएको छ भने १० जना विपन्न बत्रालु महिलाहरुलाई नगद रु १५ सयको दरले वितरण समेत गर्नुभएको छ ।
उहाले १५ जना विपन्न बालबालिकालाई जाडो बाट जोगाउन न्यानो ज्याकेट समेत वितरण गरेको नेता यादवको निजी सचिवालयले जनाएको छ । केन्द्रिय सदस्य यादवले आफु जन्ताको सेवक भएको हुदाँ जन्ताको अप्ठयारमा हरपल समावेश भई अप्ठयाराहरु न्युनिकरण गर्ने आफनो प्रयास रहेने बताउनुुभयो ।
जन्ताहरु अहिलेको जनप्रतिनिधिहरु बाट कुनै पनि उपलब्धि प्राप्त गर्न नसकेको हुदाँ अबको कदम जनप्रतिनिधिहरुको फण्डाफोर हुने नेता यादवको भनाई थियो ।