२० फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected]
गाउँलाई नमूना बनाउन जुटे लालबन्दी ६ का वासिन्दा – Nigrani Today
ताजा खबरप्रदेश ३समाचारसमाजस्थानीय

गाउँलाई नमूना बनाउन जुटे लालबन्दी ६ का वासिन्दा

सर्लाही । चाडपर्व सकिए लगत्तै लालबन्दी नगरपालिका ६ का स्थानीय अाफ्नाे गाउँलाई नमूना बनाउने अभियानमा लागेका छन् ।
उनीहरूले वडा नम्बर ६ काे खतिवडा चाेकदेखि कामेश्वर शिवमन्दिर वनबाटिका सम्मकाे सडक सरसफाइ गरि अशाेक जातका विरुवा राेप्न सुरु गरि नमुना गाउँ बनाउने अभियान सुरु गरेका हुन् ।
स्थानीय कामेश्वर शिवमन्दिर वनबाटिका, मधु सामुदायिक वन उपभोक्ता समुह र स्थानीयले सुरु गरेकाे अभियानकाे वडा अध्यक्ष लालकुमार याेन्जन, स्थानीय ९७ बर्षिय वृद्धा अामा धनमाया पाेखरेल, मधु सामुदायिक वनका अध्यक्ष पदम बहादुर वाईवा, वनबाटिकाका अध्यक्ष गणेश गुरागाईं, अनियानका संयाेजक पुष्पराज दाहालले बिरुवा राेपेर अभियानकाे शुभारम्भ गरेका हुन् ।
वडाका सबै बाटाेहरुमा हरियाली तथा साैन्दर्य प्रवर्द्धनका लागि वृक्षरोपण गर्ने उदेश्यले वृक्षारोपण सुरु गरिएकाे वडा अध्यक्ष लालकुमार याेन्जनले बताए । उनले बिरुवा समेत वडाले नै उपलब्ध गराएकाे जानकारी दिए ।
त्यस्तै मधु सामुदायिक वनका अध्यक्ष पदम बहादुर वाईवाले गाउँकाे साैन्दर्यकरणमा वन समुहले पनि अावश्यक सहयाेग र सहकार्य गरेकाे बताए । त्यस्तै गाउँलाई हराभरा राख्दै अाफ्नाे गाउँ अाफै बनाउन अाफुहरु जुटेकाे वन बाटिकाका अध्यक्ष गणेश गुरागाईंले बताए । त्यस्तै अभियानका संयाेजक पुष्प राज दाहालले जसरी पनि गाउँ नमुना बनाउने अाफुहरुकाे उदेश्य रहेकाे र वडा र स्थानीय सबैकाे साथ सहयोग पाएकाे बताए । उनले अब बिरुवा संरक्षणका लागि वन समुहले बास सहयोग गर्ने र वडाकाे सहयोगमा टाेकरी बनाउने बताए ।
वृक्षारोपण कार्यक्रममा स्थानीय चेतप्रसाद गाैतम, दुर्गा निराैला, गंगाबहादुर रुम्बा, धनमाया विक, रमा राउत, ईन्दिरा राउत, लाेकु श्रेष्ठ, रुद्र कार्की, हिरा श्रेष्ठ लगायतकाे सक्रिय सहभागिता रहेकाे थियाे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.