२० फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected]
पर्सा गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध र्याली निकालियो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

पर्सा गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध र्याली निकालियो

सर्लाही । पर्सा गाउँपालिको आयोजना, बागमती सेवा समाज नेपाल,वल्र्ड भिजनको आर्थिक तथा प्राविधिक सहयोगमा १६ दिने लैङ्गिक हिंसा विरुद्दको अभियान अन्तर्गत बिहीबार  लैङ्गिक हिंसा विरुद्धको ¥याली कार्यक्रम कोण सभामा परिणत भई सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष धिरेन राय यादवको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महारानी बाल क्लबका कोषाध्यक्ष चन्द्रिका मण्डल र रुपान्तरण अभियन्ता सविर साफीले गरेका थिए ।

कार्यक्रममा माँ सरस्वती बाल क्लबका सचिव अनिल साह भन्छ, “बालविवाह हामी सबैले रोक्नै पर्छ तर हाम्रा जनप्रतिनीधीहरु बालविवाहको भोज खान्छन् अनि कसरी बालविवाह रोक्न सक्छ!? यदि जनप्रतिनिधी हामी सबैले बालविवाह हुन लागेको घरमा कसैले पनि भोज खाएन भने त्यस्ता परिवारलाई ग्लानी हुन्छ र छिमेकीले ति सब देखेर आफ्नो छोरी वा छोराको हुन लागेको बालविवाह ग्लानी, लाज, डरले पनि नगराउन सक्छ । यसको लागि उपस्थित जन प्रतिनिधी तथा सबै जनालाई बालविवाहको भोज नखनको लागि अनुरोध गर्दछु ।”

सचिव साहको प्रस्तावमा सबै उपस्थित जनप्रतिनिधी, वडा अध्यक्ष, अभिभावक, बालबालिका तथा किशोरकिशोरीहरुले बालविवाहको भोज नखाने कुरामा प्रतिबद्धता जनाए ।

माँ सरस्वती बाल क्लबका अध्यक्ष सुगान्धी कुमारी यादव माग गर्छिन् “छोरालाई जन्मदिने, छोरीलाई गर्भमै तुहाउने एकदम नराम्रो छ । हाम्रो समाजमा दाईजोको कारणले गर्दा किशोरी तथा महिला माथि हुने हिंसा डरलाग्दो छ । यस्तो हिंसाको अन्त्य हुनु पर्छ ।”

लैङ्गिकताको आधारमा गरिने कुनै पनि भेदभाव तथा हिंसाको अन्त्य हुनु पर्छ । जब सम्म यस्ता खालको भेदभाव तथा हिंसाको अन्त्य हुँदैन तबसम्म कुनै पनि घरमा शान्ति हुँदैन र हाम्रो समाज तथा राष्ट विकसित हुन नसक्ने कार्यक्रमका वक्ता तथा पर्सा गाउँपालिका वन शाखा प्रमुख राजेन्द्र यादवले धारण व्यक्त गरेका छन् ।

“जुन सुकै बखत जुन सुकै समस्या परेका बेलामा प्रहरी वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्षसँग फोन गरी सहयोग माग्नको लागि बालबालिका तथा किशोरकिशोरीसँग गाउँपालिका अध्यक्ष धिरेन रायले भन्नु भयो । यसका लाई सम्बन्धित निकायहरु हरबखत सहयोग गर्न तत्पर रहेको कुरा अध्यक्ष रायले जानकारी दिनु भयो ।

कार्यक्रममा जनप्रतिनीधि लगायत, गाउँपालिकाका कर्मचारी,अभिभावक, नागरिक समाज, समुदायमा आधारित संस्थाका सदस्यहरु, बाल क्लब तथा रुपान्तरण समुहका सदस्य रहेको थियो । लैङ्गिक हिंसा विरुद्दको अन्य कार्यक्रमहरु आउने दिनमा क्रमैसँग हुने गाउँपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक फोकल पर्सन चन्दा यादवले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.