२० फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected]
हरिवन ११,मा स्वास्थ्य चौकी भवनको उद्घाटन – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हरिवन ११,मा स्वास्थ्य चौकी भवनको उद्घाटन

भक्ती रिजाल
सर्लाही ।हरिवन नगरपालिका वडा नम्बर ११ मा हिजो आधारभुत स्वास्थ्य चौकीको उद्घाटन भएको छ ।

हिजो एक कार्यक्रमका बिच हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीले आधारभुत स्वास्थ्य चौकीको रिबन काटेर उद्घाटन गर्नु भएको हो ।

हरिवन वडा नम्बर ११ का वडा अध्यक्ष शेष महबुब रेजाको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाकी उप-मेयर हरिमाया घलान लगायत जनप्रतिनिधिको उपस्तिथि रहेको थियो ।

हरिवन ११ निवासी सम्सिदा खातुनले प्रदान गर्नु भएको एक कठ्ठा जग्गामा बनेको भवनमा बिरामी जाच लगायत औषधि उपचार, गर्भवती जाँच, मलेरिया जाच, पोषण लगायतका सेवा रहने वडा नम्बर ११का स्वास्थ्य प्रमुख राम पुकार महतोले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.