२० फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected]
ल्याण्डमार्कले दियाे खेलाडीहरुलाई जर्सि – Nigrani Today
खेलकुदताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

ल्याण्डमार्कले दियाे खेलाडीहरुलाई जर्सि

लालबन्दी । ल्याण्डमार्क ईन्टरप्राईजेज लालबन्दीले अखिल नेपाल फुटबल संघ(एन्फा) सर्लाहीलाई फुटबल जर्सी प्रदान गरेकाे छ ।
ल्याण्डमार्कका सञ्चालक टीका खत्रीसहित व्यवस्थापक सन्ताेष पाैडेेल संघका उपाध्यक्ष विभुसिंह थापा, महासचिव शिवहरि गाैतम र प्रशिक्षक बेनीबहादुर कटुवाल(श्याम) लाई एक सेट(१८ पिस) जर्सी प्रदान गर्नु भएकाे हाे ।
खेलकाे विकास एवम् खेलाडीहरुकाे हाैसला बढाउने उदेश्यले ल्याण्डमार्ककाे तर्फबाट जर्सी सहयाेग गरेकाे ल्याण्डमार्कका व्यवस्थापक पाैडेलले बताउनु भयाे ।
खेलकाे विकासमा समाजका सबै वर्गकाे सहयाेग अावश्यक हुने भन्दै एन्फा सर्लाहीले ल्याण्डमार्क ईन्टरप्राईजेज र यसका सञ्चालकलाई धन्यवाद दिएकाे छ ।
जर्सि प्रदान कार्यक्रममा कराते प्रशिक्षक शक्ति साहसहित महिला फुटबल खेलाडीहरुकाे समेत उपस्थिति रहेकाे थियाे । यसैबिच िसरहाकाे बन्दीपुरमा मैत्री फुटबल खेल्न सर्लाही ११ का महिला खेलाडीहरु सिराहातर्फ प्रस्थान गरेकाे छ ।
एन्फा उपाध्यक्ष थापा, महासचिव गाैतम तथा प्रशिक्षक कटुवालकाे नेतृत्वमा महिला खेलाडीकाे टाेली बन्दिपुर गएकाे एन्फा सर्लाहीले जनाएकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.