१९ फाल्गुन २०८०, शनिबार | Email:- [email protected] | [email protected]
लाङघाली सभ्यता बोकेको सस्कृतिक चौतारो, तनहुँ र स्याङ्जाको झझल्को आउने लाहुरे बस्ती – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसाहित्यस्थानीय

लाङघाली सभ्यता बोकेको सस्कृतिक चौतारो, तनहुँ र स्याङ्जाको झझल्को आउने लाहुरे बस्ती

भक्ती रिजाल 
सर्लाही ।स्याङ्जा क्याक्मी गाउँबाट २०५२सालमा घुम्न आएका मेक बहादुर पुलामीका पाइला सर्लाहीका ढुंग्रेखोला हाल बागमती नगरपालिका १ मिलनचोकको जमिनमा अडिए ।

पाखो भित्ताले छोएको पुर्ब पश्चिम् लोक मार्ग भन्दा उत्तर तथा दक्षिणमा अबस्थित सम्म परेको टाहारले मेक बहादुरको मन औधी लोभ्यायो ।

धेरै दिनको अध्यायन अनुसन्धानपछि मेक बहादुर स्याङ्जा फर्किए । क्याक्मीको खेतबारी बेचबिखन गरी केही इस्टमित्र सहित पुनः बालबच्चासंगै उनी सपरिवार सर्लाहीको मिलनचोक झरे ।

अनि सुरु भयो ढुंग्रेखोला मिलन चोकमा मगर बस्ती बस्ने कार्यको शुभारम्भ । मलिलो जग्गा न्यानो हावापानी अनि हराभरा तोरीको फाँटले स्याङ्जा,तनहुँका मगरहरुको मन सर्लाहीले लोभ्याइ हाल्यो ।

तनहुँको रिसिङ, घिरिङ तथा भिमाद गाबिसबाट मगरहरुको ठूलो संख्या सर्लाही झर्यो भने स्याङ्जाको क्याक्माबाट पनि मगरहरु यता आउन थाले ।

तनहुँमा जन्मे हुर्केका भारतीय सेनाका सेवानिबृत्त सुवेदार मेजर दिपक थापा मगर भन्छन् ,

सर्लाहीको मिलनचोकम मगर बस्ती बसाउने श्रेय मेक बहादुरलाइ नै जान्छ । किन भने मेक बहादुरको एउटै उद्देश्य खेतीपाती र पशुपालन गर्नु थियो । मलिलो जमिन डम्म परेको टाहारमा पश्चिम तनहुँ र स्याङ्जाका मगरहरुको एउटै थाकथलो निर्माण गर्ने मेक बहादुरको उद्देश्यले गर्दा आज मगरहरु यो ठाउँमा स्थापित भएका हुन् ।
मिलानचोक भन्दा दक्षिणमा रहेको नहरको पानी लाग्ने मलिलो जमिनमा मगरहरुको पसिना बग्ने गर्छ ।

अधिकांश युवाहरु नेपाल आर्मी तथा इन्डियन आर्मीमा जागिरे रहेका छन् भने कतिपय अन्य पेसामा छन् । यस लाङ्घाली समाजमा काम गराइका हरेक शैली अनुसाशन भित्र रहने गरेको स्थानीयले बताउने गरेका छन् ।
घरमा रहेका महिला- पुरुष तथा बृद्ध-बृद्धाले कृषि कर्म तथा पशुपालनलाइ अंगालेका छन् भने अधिकांश मगरहरुको आर्थिक अबस्था राम्रो रहेको छ ।

सांस्कृतिक रुपमा धनी मगरहरुको सांस्कृतिक पहिरन चाड पर्व, मेलापात, घाँस दाउरा तथा अर्म पर्मका बखतमा अनुपम देखिने गर्छ । अक्सर मगर महिलाहरू लुङ्गी र चोलीमा सजिएका हुन्छन् भने पुरुषहरु छत्रे टोपी र कछाड तथा अन्य पहिरनमा हुन्छन् ।

प्राय मगरहरु अफ्नै भाषा (ढुट) बोल्छन् । आपसमा मगर ढुट (भाषा)मै कुरा गर्छन् । मिलनचोकका मगरहरुले पुरोहित पनि आफ्नै जातिका मान्ने गर्ने गरेका छन् । पुरोहित वापा/मापा रहने गर्छन् ।

मिलनचोकमा आएका मगरहरुलाइ सांस्कृतिक तथा सामाजिक एकताको सुत्रमा बांध्ने काम नेपाली सेनाका क्याप्टेन स्वर्गीय तिलक बहादुर सारु मगरले गरेका थिए

। पहाडबाट झरेका एक सय पचास घर मगर
परिवारलाइ मधेसमा स्थापित गर्नु कम चुनौतीपूर्ण काम थिएन ।

तर, पनि चुनैतीका अनेकन पहाडलाई छिचोल्दै सामाजिक, राजनीतिक भौगोलिक मिश्रणलाई ब्यबहारिक ढंगबाट ब्यबस्थापन गर्ने श्रेय पाएका स्वर्गीय तिलक सारु मगरलाई यस क्षेत्रका मगरहरुले आदर्श मान्ने गरेका पाइन्छ ।

आज सम्म लाङघाली लाफा समुदायमा कुनै पनि झैं झगडा नभएको स्थानीय मगर समुदायका अर्का अगुवा छलबहादुर राना बताउंछन् ।

लाङघाली लाफा समुदायमा कुनै पनि प्रशासनिक समस्या आउन सक्ने अबस्थालाइ मध्यनजर गर्दै समाजलाई पाँच वटा समूह बिभाजन गरिएको छ ।

बिभाजन गरिएका समुहमा एक जना टोल प्रमुख रहने ब्यबस्था गरिएको सुवेदार मेजर दिपक थापा बताउंछन् ।
गाउँघरमा भएका हरेक कुराको जानकारी टोलमा छलफल गरेर प्रमुखको आदेशमा सुचना प्रबाह गरिन्छ ।

अनुसाशनको उच्चस्तरीय अभ्यास गराइनुका साथै अतिथि सम्मान र सत्कारमा पनि विशेष जोड दिइएको थापा बताउंछन् ।
लाङघाली लाफा समुदायमा नौमती बाजा पन्चेबाजा संरक्षणको अभ्यास भैरहेको छ ।

लाङघाली लाफा समुदायको गाउँमा पुग्दा लाग्छ कुदेर बनाइएका जीवन्त आकृतिका कलात्मक तथा अनुपम भाव देख्न पाइन्छ ।

लाङ्घाली युवा क्लब मार्फत हुने अर्को उत्कृष्ट अनुसाशन भनेको बिबाह तथा अन्य भोज भतेरमा देखिने नियम र मर्यादा हो ।

एक छेउबाट अर्को छेउमा लस्करै खाना खान बस्ने क्रममा ताल अनुसार एउटै समयमा खान बस्ने र एउटै समयमा अनुमति लिएर उठ्ने जस्ता उत्कृष्ट कृयाकलापले मगर समुदायको सांस्कृतिक एकतालाई मलजल पुर्याएको बताउंछन् । नेपाल मगर संघका पूर्व जिल्ला अध्यक्ष लेखराम जर्घा मगर ।

आले, थापा, राना, पुलामी, सारु लगायतका थर भएका मगरहरुको बसोबास रहेको मिलन चोक साँच्चै नै सान्त र सभ्य देखिन्छ ।

अनुपम सभ्यता र संस्कृती बोकेको मिलनचोकका मगरहरुको लगनशीलता, परिश्रम, मेहेनत देखेर वर परका छिमेकी बासिन्दा पनि दंग पर्ने गरेको बताउंछन् स्थानीय अगुवा हरि पुडासैनी,- मगरहरुको काम गर्ने शैली आपसी मिलन अनि कौशलता अनुसरण गर्न योग्य रहेको पुडासैनीको भनाइ रहेको छ ।

एकता र अपनत्वको गहिरो अभ्यास गरिरहेका मगर समुदाय र मिलनचोक लाङघाली एकताको लागि हाम्रो पनि साथ र सहयोग ।
स्वागत ले लाङघाली निस मिहुट जोडियार ।
मुक्तिओ लागि लगडिस्के खाटार ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.