२० फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected]
जीवन उपयोगी तथा सुरक्षात्मक सीप सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

जीवन उपयोगी तथा सुरक्षात्मक सीप सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु

सर्लाही,१८ मंसिर । सर्लाहीको लालबन्दी नगरपालिकामा जीवन उपयोगी तथा सुरक्षात्मक सीप सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ ।

बागमती सेवा समाज नेपाल हरिवन, वर्लड भिजन इन्टरनेशनल , पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकाको समन्वयमा आज बाट सुरु भएको तालिम १० दिन सम्म चल्ने छ ।

बाल संरक्षण तथा समुदाय संलग्नता स्पोन्सरशीप परियोजना अन्तर्गत किशोर किशोरीहरुमाथि  हुने उपेक्षा, दुव्र्यवहार र हिंसा व्यवस्थापनका साथै तिनीहरूको आन्तरीक रुपान्तरण मार्फत  शसक्तिकरण गर्न १० दिने जीवन उपयोगी तथा सुरक्षात्मक सीप सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरिएको बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेश बाँदेले जानकारी दिनुभयो ।

तालिममा हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका विद्यार्थीहरु सहभागी भएको संयोजक बाँदेले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.