१९ फाल्गुन २०८०, शनिबार | Email:- [email protected] | [email protected]
रुपान्तरण जीवन उपयोगी तथा सुरक्षात्मक सीप सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न  – Nigrani Today
Uncategorizedताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

रुपान्तरण जीवन उपयोगी तथा सुरक्षात्मक सीप सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न 

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा जीवन उपयोगी तथा सुरक्षात्मक सीप सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न  भएको छ।

बागमती सेवा समाज नेपाल हरिवन, वर्लड भिजन इन्टरनेशनल , पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकाको समन्वयमा मंसिर १८ गते बाट सुरु भएको तालिम आज सम्पन्न भएको छ ।

बाल संरक्षण तथा समुदाय संलग्नता स्पोन्सरशीप परियोजना अन्तर्गत किशोर किशोरीहरुमाथि  हुने उपेक्षा, दुव्र्यवहार र हिंसा व्यवस्थापनका साथै तिनीहरूको आन्तरीक रुपान्तरण मार्फत  शसक्तिकरण गर्न १० दिने जीवन उपयोगी तथा सुरक्षात्मक सीप सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेश बाँदेले जाजतईनकारी दिए।

तालिममा हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका विद्यार्थीहरु सहभागी भएको संयोजक बाँदेले जानकारी दिनुभयो ।

तालिममा सहभागी रवीना चौधरीले तालिममा आफुहरु जीवन उपयोगी सिप सिकेको बताए ।र यो सिप आफुले व्यवहारमा उतार्ने बताइन ।

कमलेश मण्डलले  तालिम बाट आफुले एकता नै ठुलो बल हो भन्ने पाठ सिकेको बताए ।

निषा कुमारी साहले यो तालिम बाट आफुमा ठुलो परिवर्तन भएको र अब म जहा पनि जस्तोसुकै परिस्थितिमा बोल्न सक्ने भएको बताइन् ।

यसैगरी तालिम समापनको अवसरमा गरिएको सवाल जवाफ कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष रघुनाथ साहले तालिममा सहभागी बालबालिकालाई सिकेका ज्ञान व्यवहारमा  लागु गर्न आग्रह गर्नुभयो ।

बडा नं ६ का वडा अध्यक्ष गणेश साहले पहिला जुन बालबालिका बोल्न सक्दैन थियो अहिले त्यही बालबालिका हाम्रो अगाडी बोल्न थालेको हुदा खुसि लागेको बताए ।

बालबालिकाको हक अधिकारको लागि पर्सा गाउँपालिकाले बजेट समेत छुट्टयाइएको छ । शिक्षा क्षेत्रमा बर्षेनी करोड खर्च हुने गरेको तथा दुइ वटा सामुदायिक विधालयमा अंग्रेजी माध्यमबाट पठन पाठन सुरु गरेको छ । लागु अौषध कारोबार तथा सेवनकर्ता रोक्न समेत प्रहरीको समन्वयमा कार्य अगाडी बढाइएको बताए ।

हरिपुर्वा वडा नं ४ का वडा अध्यक्ष नोखेलाल यादवले शिक्षा क्षेत्र सुधार गर्न आफु लागि पर्ने बताए ।

यो १० दिने तालिमले बालबालिकामा सकारात्मक परिवर्तन आउने पर्सा गाउँपालिकाका अध्यक्ष धिरेन्द्र राय यादवले बताए । अध्यक्ष यादवले बाल बिबाह पुर्ण रुपमा नरोकिए पनि केही हदसम्म न्यूनीकरण भएको बताए । पर्सा गाउँपालिकामा शिक्षा क्षेत्रको अवस्था दयनीय थियो ।शिक्षा क्षेत्र सुधार गर्न गुणस्तरीय शिक्षा छात्र तथा छात्राहरूलाई अध्यापन गराउन १ करोड ५० लाख खर्चेर ४२ जना स्वयंसेवक शिक्षक भर्ना गरेको अध्यक्ष यादवले जानकारी दिए ।

अध्यक्ष यादवले पर्सा गाउँपालिकाका १८ जना विधार्थीले बर्षेनी छात्रवृत्ति दिइने बताए । आफुहरु बालमैत्री पालिका पर्सा गाउँपालिकालाई बनाएर छाडने अध्यक्ष यादवले प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.