२० फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected]
हरिपुर्वामा सहकारी संस्थाको ५ लाख हतियारधारी समुहले लुटे – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हरिपुर्वामा सहकारी संस्थाको ५ लाख हतियारधारी समुहले लुटे

सर्लाही,२८ मंसिर । सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा रहेको जयगंगा बचत तथा ऋण सहकारी संस्थामा लुटपाट भएकाे छ । साे संस्थाकाे शाखा कार्यालय बसंतपुरको लागि  nic asia bank बाट पैसा झिकेर जादै गरेको बेला हरिपुर्वा नपा ६ हनुमान चौक स्थित महाजनको पोखरी भने ठाउबाट आज  विहान ११:३० बजेकाे समयमा हतियारधारी समुहले बन्दुक देखाउदै नगद रू. ५ लाख रकम लुटेर लगेका छन् ।

लुटेराहरुले ना १५ प ९८९२ नम्बरको मोटरसाइकल लिएर बसन्तपुर शाखा तर्फ गईरहेका शाखा प्रमुख रामनाथ राय तथा निरा राय  चढेको मोटरसाइकललाई पछाडीबाट हिर्काएर बन्दुक देखाएको र पैसा बाेकेकाे व्याग दिन न मान्दा एक राउन्ड हवाइ फायर गरेर पैसा लिएर भागेको बताईएकाे छ।

प्रत्यक्षदर्शीका अनुसार अपाचे मोटरसाइकलमा मुखमा कालो मास्क लगाएर अाएका दुई जना लुटेराहरुले रकम लुटेका थिए । उनीहरु सवार माेसाकाे नम्बर पलेटमा भने माटो लगाएको थियाे  । वरिपरिका मानिसहरू दौडिन साथ हतियारधारी समुहले १ राउन्ड हबाइ फायर गरेकोले मानिसहरुको समूह सतर्क भएको थियो । प्रहरी चौकी भन्दा करिब ४ सय मिटरको दुरिमा मात्र घटना भएको छ ।

हतियारधारी समूह पैसा लुटेर हर्दी खोला तिर भागेको स्थानीयले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.