१९ फाल्गुन २०८०, शनिबार | Email:- [email protected] | [email protected]
कुपोषण न्युनिकरणका लागि स्वयंसेवकलाई तालिम – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

कुपोषण न्युनिकरणका लागि स्वयंसेवकलाई तालिम

महोत्तरी, २९ मंसीर ।महोत्तरीको बर्दिवासमा स्वयंसेवकहरुका लागि सकारात्मक झुकाव सामूहिक चुल्हो सम्बन्धी तालिम सुरु भएको छ।

 एकिकृत ग्रामिण विकास समाज, महोत्तरीद्वारा महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा सञ्चालन गरिएको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत स्वयंसेवकहरुका लागि बिहीबार बाट तालिम सुरु गरिएको   छ ।

समुदायमा भएका कुपोषित बालबालिकाहरु पहिचान गरी सकारात्मक झुकाव सामूहिक चुल्हो सेसनका माध्यमबाट सुपोषित बनाउने कार्यका लागि छनौट भएका एकडारा र सम्सी गाउँपालिकाका १६ जना स्वयंसेवकहरुको तालिममा सहभागिता रहेको छ ।

 संस्थाका फोकल पर्सन उमेश न्यौपानेले समुदायमा भएका कुपोषित बालबालिकाहरु पहिचान गरी उनीहरुलाई सुपोषित बनाउन स्वयंसेवकहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनुभयो ।

“हाम्रो समुदायमा विभिन्न कारणले बालबालिकाहरु कुपोषणको शिकार भइरहेका छन्” न्यौपानेले भन्नुभयो “कुपोषण कुनै अभिषाप होइन, यसको न्युनिकरण सम्भव छ र यस कार्यमा सकारात्मक झुकाव सामूहिक चुल्हो सेसन एउटा कोशेढुंगा सावित हुन सक्छ ।”

वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा संस्थाद्वारा संचालिन पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत आयोजित उक्त तालिममा सकारात्मक झुकाव सामूहिक चूल्होको बारेमा सैद्धान्तिक जानकारीका साथै पिडी खाना कसरी बनाउने भन्ने प्रयोगात्मक अभ्यास, फिल्ड भ्रमण समेत हुने कुरा संस्थाका कार्यक्रम ब्यवस्थापक कुमार भण्डारीले जानकारी दिनुभयो ।

पाँच दिनसम्म संचालन हुने उक्त तालिमको सहजीकरण राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र सर्लाहीका कार्यक्रम अधिकृत सुमित कुमार साह, फिल्ड अधिकृत राजेश साह र राजेश गुप्ता तथा एकिकृत ग्रामिण विकास समाजका कार्यक्रम अधिकृत भुपेन्द्र निरौलाले गरिरहनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.