२० फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected]
उखुको उचित मूल्य तोक्नु पर्ने माग गर्दै युवा बसे आमरण अनशन – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

उखुको उचित मूल्य तोक्नु पर्ने माग गर्दै युवा बसे आमरण अनशन

भक्ती रिजाल
सर्लाही । उखुको उचित मूल्य तोक्नु पर्ने माग गर्दै हिजोबाट हरिवन नगरपालिका वडा नम्बर ११ का शेख इस्तिहारले आमरण अनसन सुरु गरेका छन् ।

पोहोर साल बेचेको उखुको मूल्य दिनु पर्ने तथा यसपालिको उखुको मूल्य प्रती क्विन्टल ७५० रुपैया तोकिनु पर्ने माग गर्दै आफु आमरण अनसनमा बसेको उखु किसान समेत रहेका शेख इस्तिहारले बताएका छन् ।
इन्दु शंकर चिनी उद्योगको मुल गेटमा पाल टांगेर बसेका शेख इस्तिहारले उखु किसानको माग पूरा नभएसम्म आफु आमरण अनसन बसी रहने बताएका छन् ।

हिजै हरिवन बजारमा कोण सभा गर्दै  मुख्य सडकमा सुतेर किसान नेताहरुले पनि उखु किसानका माग सम्बोधन गर्नु पर्ने बताएका छन् ।
बिरोध सभामा मधेस प्रदेशसभा सदस्य जवाहरलाल कुश्वाहा, पुर्ब प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेती नेपाली काँग्रेसका नेता रामशरण उप्रेती, नेकपा माओबादी (केन्द्र)का नगर अध्यक्ष अर्जुन पन्त, मिलगेट उखु उत्पादक संघका अध्यक्ष राजकुमार उप्रेती लगायतका अगुवा किसान नेताहरुको उपस्थिति रहेको थियो ।

कोण सभामा बोल्दै विभिन्न पार्टीका नेताहरुले उखु किसानले उठाएका जायज मागलाई पूरा गर्नु पर्ने बताएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.