२० फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected]
प्रधानमन्त्री प्रचण्ड र आजपा अध्यक्ष साहका बीचमा भेटघाट – Nigrani Today
ताजा खबरसमाचार

प्रधानमन्त्री प्रचण्ड र आजपा अध्यक्ष साहका बीचमा भेटघाट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहका बीचमा भेटघाट भएको छ । काठमाडौं सिंहदरबारमा आज प्रधानमन्त्री प्रचण्ड र आजपा अध्यक्ष साहका बीचमा समसामयिक राजनीतिक बिषयमा छलफल भएको छ ।

‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग गर्दै आजपाले भन्सार विभागमा धर्ना तथा घेराउ गर्दै आएको बिषयमा समेत प्रधानमन्त्री प्रचण्ड र आजपा अध्यक्ष साहका बीचमा छलफल भएको छ ।

प्रधानमन्त्री प्रचण्डले आजपा अध्यक्ष साहसंग आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गर्दै सरकारको तर्फबाट दुई दिनभित्रमा आफूले माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको बालुवाटार स्रोतले जनाएको छ ।

भेटमा अध्यक्ष साहले भन्सारबाट पुरस्कारको नाममा अन्यले लिदै गरेको कमिशनको व्यवस्था हटाउदा देश र सरकार नै बलियो हुने र देशलाई समृद्ध बनाउँनका लागि सरकारलाई मदत पुग्ने प्रधानमन्त्री प्रचण्डलाई बताए । राज्यको राजस्वमा जम्मा हुनुपर्ने रकम पुरस्कारको नाममा व्यक्तिहरुको खातामा गईरहेकाले त्यसलाई रोक्नुपर्ने सुझाव उनले दिए ।

भन्सारले लिने राजस्व उठाउँने लक्ष्य नभेटाउँनुमा पुरस्कारको नाममा रकम बाडने कारण पनि रहेको उनले जनाएका छन् । त्यसैले यस्ता व्यवस्थाको अन्त्य गर्नुपर्नेमा प्रधानमन्त्री प्रचण्ड पनि सकारात्मक रहेको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.