२० फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected]
हरिवनमा दोस्रो डेरी कृषि अनुसन्धान उत्पादन तथा कृषी औजार प्रदर्शनी हुने  – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हरिवनमा दोस्रो डेरी कृषि अनुसन्धान उत्पादन तथा कृषी औजार प्रदर्शनी हुने 

 प्रेमनाथ पौडेल

हरिवन । सर्लाहीको हरिवनमा माघ ५ गते देखि ७ गते सम्म दोस्रो डेरी कृषि अनुसन्धान उत्पादन तथा कृषि औजार प्रदर्शनी मेला हुने भएको छ ।

मधेश प्रदेशको सान दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान भन्ने मुल नाराका साथ हरिवनमा दोस्रो डेरी कृषि अनुसन्धान उत्पादन तथा कृषि औजारको प्रदर्शनी मेला शुरु हुन लागेको हो ।

कृषि पेशा को विकाश प्रबर्द्धन  बजारीकरण र यान्त्रीकरण मार्फत कृषि उत्पादनमा वृद्धि विकाश गर्ने र मधेश प्रदेश लाई कृषिको पहिचान बनाई  मधेशका किशानलाई आफैमा आत्मानिर्भर कसरी बनाउन सकिन्छ भन्ने उदेश्यले प्रदर्शनी मेलाको आयोजना गर्न लागिएको मेला मुल  आयोजक समितिका संयोजक केशव राज थापाले बताउनु भयो ।

तिन दिन सम्म चल्ने प्रदर्शनी मेलामा मधेश प्रदेश भित्रका किशानले उत्पादन गरेका कृषि उत्पादनका साथै दुग्ध जन्य पदार्थ र कृषि यान्त्री करण सामाग्री लागयत स्टल राखिने ,कृषि पेशा प्रति आकर्षित गराउन उत्कृष्ट किशानलाई  र पुरस्कार बाट सम्मान गर्ने बैक तथा बितिय संस्था सहकारी कृषि कार्यालय बिच अन्तरक्रियाका साथै पशु उपचार ,माटो गोवर परिक्षणका साथै स्थानिय कलाकार बाट कला संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम समेत मनोरन्जन लिन सकिने बताईएको छ ।

तिन दिन सम्म चल्ने मेलाको हरिवन नगरपालिका ,प्रदेश दुग्ध बिकाश बोर्ड मधेश प्रदेश र कृषि अनुसंधान निर्देशनालय मधेश प्रदेश संघिय कार्यालय परवानिपुर बारा आयोजक रहेका छन भने कृषि ज्ञान केन्द्र मलंगवा ,हेल्भेटास नेपाल ,ईन्दुशंकर चिनि उधोग र हेफर इन्टर नेशनल सह आयोजक रहेका छन ।

हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीको अध्यक्षतामा नगरपालिका कै सभा हलमा मेलामा स्टल राख्न चाहने को लागि निशुल्क स्तलको ब्यबस्था  को साथै  मेला अबलोकन गर्ने को लागि पनो निशुल्क प्रबेशको  ब्यबस्था मिलाईएको  र मेला सम्पन्न गर्न झण्डै २६लाख लाग्ने पत्रकार सम्नेलन गर्दै मेला आयोजक समितिका आर्थिक समिति संयोजक दिपमान लोप्चन जानकारी गराउनु भएको हो ।

तिन दिन सम्म रहने प्रदर्शनी मेलामा ३० हजार भन्दा बढिले मेला को अबलोकन गर्ने आयोजक ले अपेक्षा राखेको छ ।

पत्रकार सम्नेलनमा नगर उप प्रमुख हरिमाया घलान ,प्रमुख प्रसासकिय अधिकृत देबेन्द्र सापकोटा बिभिन्न वडा का वडा अध्यक्ष , प्रदेश दुग्ध बिकाश बोर्ड मधेश प्रदेश ,कृषि  कृषि ज्ञान केन्द्र मलंगवा उधोग बाणिज्य संघ ,चेम्बर अफ कमर्ष ,सहकारी संजाल का प्रतिनिधि लगायत को सहभागिता रहेको प्रचार प्रसार समिति संयोजक प्रज्वल ढुङ्गाना ले जानकारी दिनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.