२० फाल्गुन २०८०, आईतवार | Email:- [email protected] | [email protected]
हाईटेशनबाट पीडित सर्लाहीका स्थानीयले मागे जग्गाको मुआब्जा – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हाईटेशनबाट पीडित सर्लाहीका स्थानीयले मागे जग्गाको मुआब्जा

लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिकामा हाईटेशन प्रसारण विद्युत लाईन बाट पीडित लालबन्दी तथा हरिवनका किसान  र जिल्लाका सुरक्षा अधिकारी बिच छलफल भएको छ ।
लालबन्दी नगर प्रमुख वासुदेव अधिकारी, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, जिल्ला प्रहरी प्रमुख प्रविण धिताल, सर्लाहीका प्रमुख शेनानी र हाईटेशनबाट पीडित लालबन्दी तथा हरिवनका स्थानीय बिच सोमवार पुरानो नगरपालिकाको सभाहलमा छलफल भएको हो ।
छलफलमा हाईटेशनबाट पीडित स्थानीयहरु जग्गाको मुआब्जा पाउनुपर्ने माग गरेको छ ।
वडा अध्यक्ष शुक्रवहादुर पाख्रिनले हाइटेसन बाट लालबन्दीको जन्ता पिडित भएको बताए । स्थानिय हाईटेसनका कारण आफ्नो नम्वरी जग्गा गुमाएका छन र उनिहरु सुकुम्बासी बनी सकेको अवस्था छ ।हाइटेशन विस्तारको क्रममा बल प्रयोग नहोस् नभई आन्दोलन गर्नुपर्ने अवस्था आउने वडा अध्यक्ष पाख्रिनले जिल्लाका अधिकारीहरु समक्ष बताए ।

लालबन्दीका एक स्थानीयका अनुसार हाईटेशनका कारण बैंकले ऋण दिन छाडेको बताए । हाईटेशन बाट ५ मिटरको दुरीको जग्गामा ऋणको काम गर्नुपर्ने भयो भने काम हुदैन ।बैंकले ५० मिटर समको दुरीमा ऋण लगानी गर्दैन लालबन्दीका स्थानीयले सरोकारवाला सँग गुणासो गरेका छन ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.