१६ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
दुई पक्षबीच झडप भएपछि मलङ्गवामा अनिश्चितकालीन कर्फ्यु – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

दुई पक्षबीच झडप भएपछि मलङ्गवामा अनिश्चितकालीन कर्फ्यु

 सर्लाही,५ असोज। सर्लाही सदरमुकाम  मलङ्गवामा जिल्ला प्रशासन कार्यालय सर्लाहीले अनिश्चितकालीन कर्फ्यु लगाएको  छ ।

गणेश पूजा गरेको मूर्ति विसर्जन गर्नेक्रममा दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले गएराति १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

स्थानीय प्रशासनले मलङ्गवा नगरपालिकाको पूर्वमा झिम नदी, पश्चिमा मुसैली नहर, उत्तरमा प्रहरी चौकी र दक्षिणीमा नेपाल-भारत सीमा क्षेत्रभित्र कर्फ्यु लगाएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

 झडपमा परि प्रहरीसहित केही घाइते भएका छन् । घाइतेहरुको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ । स्थानीय प्रशासनले थप  शान्ति सुरक्षा बिग्रन नदिन कर्फ्यु जारी गरेको जनाएको छ । मूर्ति विसर्जन गर्न गएकासँग अर्को समूहले ढुङ्गामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो । अहिले मलङ्गवामा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 मुर्ति सेलाउने क्रममा हिन्दू समुदाय माथि मुस्लिम समुदायका केही व्यक्तिले घरको छतमाथि बाट तातो पानी र ढुंगा फालेको स्थानिय हिन्दू पक्षधरहरुको भनाइ रहेको छ।

केही दिन अगाडि भएको झडप पस्चात दुई समुदायका बिच सदभाव कायम गर्न रैलि समेत निकालिएको थियो तर आज पुनः झडप भएको छ।

 यसअघि गएको भदौ २२ गते पनि कृष्णको मूर्ति विसर्जन गर्ने क्रममा यही क्षेत्रमा झडप भएको थियो । झडप भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले २३ गते बेलुका ५ बजेदेखि २४ गते बिहान ८ बजेसम्म कर्फ्यु लगाएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.