१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
गोडैतामा ९१ स्वयंसेविका सहित ४ जना पत्रकार सम्मानित – Nigrani Today
प्रदेश २समाचारसमाजस्थानीय

गोडैतामा ९१ स्वयंसेविका सहित ४ जना पत्रकार सम्मानित

राजिव शाह–
सर्लाही,१९ मङ्सिर। सर्लाहीको गोडैता नगरपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा महिला स्वस्थ्य , स्वयंसेविका सहित पत्रकार सम्मानित भएका छन ।

आइतबार गोडैता नगरपालिका जनता मावि भगवतीपुर स्थित गोडैता नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा नगर भित्रका ९१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई दोसल्ला ओढाएर सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद पण्डितले जानकारी दिनुभयो ।

गोडैता नगरपालिका प्रमुख देवेन्द्र कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा समाजिक सुरक्षा शाखा प्रमुख भोला महतोको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो ।

दिवसको अवसरमा नगर प्रमुख यादवले जिल्ला स्थित ४ जना पत्रकारलाई समेत सम्मान गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले आउने समयमा आफु नयाँ नेतृत्वमा सबै महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल र दुई हजारका दरले भाता वितरण गर्ने प्रतिबद्धता गर्नुभयो ।

स्वास्थ्य क्षेत्रमा सामुदायिक स्वास्थ्य स्वयंसेविकाले गरेको योगदान र उनीहरूको सम्मानमा यो दिवस धेरै महत्त्वपूर्ण भएको नगर प्रमुख यादवले प्रष्ट पारे ।

सामाजिक सुरक्षा महाशाखाका अनुसार हाल देशभर ५१ हजार ४ सय २३ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् ।उनीहरूले पाउने वार्षिक भत्ता, पोशाक खर्चहरूरु समेत उपलब्ध गराउदै आएको स्वास्थ्य प्रमुख पन्डितले बताए ।

कार्यक्रममा गोडैता नगरपालिका भित्रका स्वास्थ्य कार्यालय प्रमुख वडा अध्यक्ष लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.