१६ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
पहिलो चौमासिकमै हरिपुर नगरपालिकाको खर्च १७ करोड ७९ लाख १५ हजार – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

पहिलो चौमासिकमै हरिपुर नगरपालिकाको खर्च १७ करोड ७९ लाख १५ हजार

सर्लाही,२१ पुष।सर्लाहीको हरिपुर नगरपालिकाले पहिलो चौमासीकमै १७ करोड ७९ लाख १५ हजार रकम खर्च गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेलले पहिलो चौमासिकमा ५९ करोड १४ लाख ६४ हजार ७४४रुपैया ९४ पैसा बजेट मध्ये पहिलो चौमासिकमा १७ करोड ७९ लाख १५ हजार खर्च भएको विवरण उपस्थित हरिपुर नगरवासीहरुमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा हरिपुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष नानी बाबू थापाले पहिलो चौमासिकमा ५ लाखको सम्झौता भएकोमा हाल सम्म ७ लाखको सडक ढलान कार्य सम्पन्न भएको जानकारी गराउनुभयो।

त्यस्तै वडा नं २ का बडा अध्यक्ष निरबिक्रम थापाले पहिलो चौमासिकमा वडामा स्वीकृत भएको ३९ वटा योजनाहरुको सम्झौता हुने कार्य धमाधम भैरहेको बताउनुभयो ।

वडा नं ३ का वडा अध्यक्ष लालमहमद शेखले एउटा मदरसाको निर्माण कार्य सम्पन्न भएको र बाँकी योजनाहरुको काम संचालन भैरहेको बताउनुभयो ।

यसैगरी वडा नं ५ का वडाअध्यक्ष सुरेन्द्र प्रसाद चौधरीले जम्मा ३७ वटा योजनाहरुमा १० वटा योजनाहरु सम्पन्न भएको उहाले बताउनुभयो ।

वडा नं ६ को वडा अध्यक्ष प्रेमहरी श्रेष्ठले १२ वटा योजना रहेकोमा ३ वटा योजनाको सम्झौता भएको छ, ९ वटाको बाँकी रहेको जानकारी गराउनुभयो ।

यसैगरी वडा नं ७ का वडा अध्यक्ष मनोज चौधरीले यश वडामा २५ वटा योजनाहरु संचालनमा रहेकोमा उज्यालो अभियान तथा सडक ढलानको कार्य भईरहेको जानकारी गराउनुभयो ।

वडा नं ८ का वडा अध्यक्ष हरिबहादुर थापाले भने २२ वटा योजना रहेकोमा २ वटा योजना सम्पन्न भएको छ र साना साना योजनाहरुको काम सम्झौता पछि सुचारू गरिने बताउनुभयो ।

त्यस्तै वडा नं ९ का वडा अध्यक्ष विश्वनाथ रायले जन्ताको चाहना बमोजिम काम भैरहेको बताउनु हुदै एक रुपैयाँको पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने उहाले सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्नु हुदै प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैगरी हरिपुर नगर उपप्रमुख निलम देवी रायले न्यायीक समितिमा विभिन्न किसिमको जम्मा ३८ वटा उजुरी परेकोमा १२ वटाको फर्छयौट भएको तथा बाकी उजुरीहरुको छिटै फर्छयौट हुने उहाले स्वागत मनत्वय राख्दै बताउनु भएकी थिइन ।

हरिपुर नगरपालिकाका आयोजना तथा नगर प्रमुख गोपाल पजियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुले बाल अक्ष्यकोषको स्थापना वडाहरुमा छ छैन, बालमैत्री सौचालय छ छैन, विधालयहरुमा आठ महिना बितिसक्दा पनि पुस्तक अभाव रहेको, पालिकामा विकास कम भ्रष्टाचार बढी हुने गरेको यसको नियन्त्रण कसले गर्ने लगायतका विभिन्न विषयमा प्रश्न गरेका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रमको उद्घोषण पत्रकार रामबहादुर खडकाले गर्नुभएको हरिपुर नगरपालिकाका लेखा अधिकृत भुपेन्द्र सिंहले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.