१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
किशानहरुका बालीनाली क्षति भएको भन्दै पीडित किसानहरुका परिवारलाई राहत उपलब्ध गराउन पुर्वमन्त्री प्रभु साहको माग – Nigrani Today
ताजा खबरराजनीतिसमाचारसमाज

किशानहरुका बालीनाली क्षति भएको भन्दै पीडित किसानहरुका परिवारलाई राहत उपलब्ध गराउन पुर्वमन्त्री प्रभु साहको माग

काठमाडौं । बेमौसमी बर्षा तथा हावाहुरीका कारण देशैभरका किशानहरुका बालीनाली क्षति भएको भन्दै पीडित किसानहरुका परिवारलाई राहत तथा क्षतिपुर्ति उपलब्ध गराउन सरकारसंग पुर्वमन्त्री प्रभु साहले माग गरेका छन् ।

साहले सामाजिक सञ्जाल फेसबुकमा पीडित ति किसानहरुलाई क्षतिपुति तथा राहत दिनुपर्ने माग सरकारसंग गरेका छन् ।

‘पछिल्लो केही दिनदेखि जारी अविरल वर्षा तथा हावाहुरीका कारण देशका बिभिन्न जिल्लाहरुमा भित्रयाउनका लागि काटी राखेको धान बाली नष्ट भएको छ । ऋण लिएर खेतीपाती गर्ने किसानको एक मात्र आय स्रोतको रुपमा रहेको धान वाली नष्ट हुँदा किसान मर्कामा परेको छ । सरकारको यसतर्फ ध्यानाकर्षण गराउदै मर्कामा परेका किसानलाई तत्काल राहतस्वरूप क्षतिपूर्ति उपलब्ध गराउन जोडदार माग गर्दछु’ साहले लेखेका छन् ।

कृषि प्रधान देशका अधिकतम नागरिक खेतीपाती गर्ने भएको र उनीहरुको आम्दानिको मुख्य श्रोतको रुपमा रहेको धानवाली नै नष्ट हुँदा किसानहरु समस्यामा परेकोले सरकारले तत्कालै क्षतिपुर्ति उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।

महिनौंको मिहिनेत पश्चात घर भित्रयाउँन किसानले खेतमै काटेर राखेका धानवाली अकष्मातको बर्षा तथा हावाहुरीका कारण क्षति पुगेको छ ।

विजयादशमी पश्चात खेतमा काटेर राखिएको धान घरमा भित्रयाउँने बेलामा अकष्मातको बर्षा तथा हावाहुरीले क्षतिपुगेपछि किसानहरु चिन्तित बनेका छन् । प्राकृतिक प्रक्षेपण बिपरित भएको अकष्मात वर्षा र त्यसपछिको बाढिले किशानहरुका धानबाली कतिपय ठाउँमा बगेर सखाप समेत भएका छन् ।

पछिल्लो केही दिनदेखि जारी अविरल बेमौसमि वर्षा तथा हावाहुरीका कारण विशेषगरी तराई मधेसका जिल्लाहरुका किशानहरुले भित्राउनै लागेका धानबाली नष्ट भएका हुन् । अकष्मात आएको क्षणिक बाढिले आजभोलिमै घर भित्राउने र बिक्रि गर्ने उद्देश्यले राखिएको धानवाली नष्ट भएपछि किशानहरुको उठिबास हुने भएको छ ।

बिउबिजन, मलखाद, सिँचाई, को अभाव भएतापनि जसोतसो ऋणको जोहो गरेर लगाईएको बालि, काटेर भित्राउनै लाग्ने बेलामा क्षति भएपछि किशानहरु समस्यामा परेको पर्साका किसान लालजीत साहले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.