६ जेष्ठ २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चोरी तथा अन्य मुद्दाका फरार अभियुक्त पक्राउ – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

चोरी तथा अन्य मुद्दाका फरार अभियुक्त पक्राउ

सर्लाही,२० फागुन । सर्लाहीमा चोरी तथा अन्य मुदाका फरार अभियुक्त पक्राउ परेका छन । पक्राउ पर्नेमा हरिवन न.पा.७ बस्ने अन्दाजीं.४२ वर्षिय गुना भन्ने गुन्जलाल घिसिङ रहेका छन ।

ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले सर्लाही जिल्ला अदालतको लगत नं.१६०६ बमोजिम १(एक) महिना कैद र रु.१ लाख १३ हजार दुई सय जरिवाना लागेका घिसिङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घिसिङलाई निजकै घरबाट बिहिवार पक्राउ गरी नियमानुसारको कैद र जरिवाना असुल उपरको लागी ईलाका प्रहरी कार्यालय हरिवनमा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालयका निमित सुचना अधिकृत जटाशंकर यादवले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.